सुर्खेतको विद्यापुर क्याम्पसमा फेरि नेविसंघका नेपाली निर्वाचि

सुर्खेत: पञ्चपुरी नगरपालिका-९ मा रहेको विद्यापुर क्याम्पसको स्ववियु अध्यक्षमा पुन: नेपाल विद्यार्थी संघका चेतन नेपाली विजयी भएका छन्। चेतन यसअघि पनि स्ववियु अध्यक्ष थिए

सोमबार भएको चुनावनमा नेपालीले गठबन्धनका उम्मेदवार जनक विष्टलाई हराएका हुन्।
यस्तै सो क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका हार्दिक थापा निर्वाचित भएका छन्।

उनले नेविसंघका शिक्षा थापालाई हराएका हुन्।
यस्तै कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापा गठबन्धनकी उम्मेदवार अस्मिता कँडेललाई हराउँदै विजयी भएकी छन्।