सुर्खेत: विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसर पारेर सुर्खेत कारागारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिक बिवस, उपाध्यक्ष नरबहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिक तथा वडा नं. ८ का अध्यक्ष कमल जि सि सहभागी हुनु भएको थियो।
कैदीबन्दीहरूले पनि चाडपर्वमा खुशीका क्षण बाँड्न सकून् भन्ने उद्देश्यले चौकुने गाउँपालिकाको तर्फबाट खसीसहितको विशेष उपहार प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्का बिक बिवसले भन्नुभयो “समाजमा जुनसुकै परिस्थितिले भएतापनि हाम्रो चौकुने गाउँपालिकाबाट सुर्खेत कारागारमा हाल चौकुने गाउँपालिकाका मात्रै धन्नै डेढ दर्जन कैदीबन्दी रहेका छन्।कारागार भनेको त्यो मानव जीवनको अन्तिम अवस्था होइन।त्यसैले चाडपर्वले दिने सन्देश भनेको मिलन, प्रेम र सहअस्तित्व हो। यही सन्देशसहित हामी यहाँ उपस्थित भएका हौँ।”
उनले आगामी दिनमा पनि चौकुने गाउँपालिकाले सामाजिक उत्तरदायित्वअनुसार कैदीबन्दीहरूको जीवनमा सकारात्मक सन्देश पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
जितबहादुर तिरुवा । १२ आश्विन २०८२, आईतवार ११:५६