‘नव मोडल’ विधामा रेशम नेप्किङले पाए अवार्ड

काठमाडौं : ‘नव मोडल’ विधाबाट चर्चित मोडल रेशम नेप्किङले अवार्ड पाएका छन् । बी–स्टार फिल्मिसको आयोजनामा दोस्रो बी–स्टार फिल्मिस म्युजिक अवार्ड–२०८२ नेपाल पुलिस क्लबको हलमा केही दिन अगाडि भएको कार्यक्रममा नेप्किङले उक्त अवार्ड पाएका हुन् ।
नेप्किङले अभिनय गरेको ‘चौका माल पर्यौ’ बोलको भिडियोका आधारमा अवार्ड प्रदान गरिएको हो। उक्त गीतका सर्जक सुप्रिम राज विश्वकर्मा हुन् भने गीतमा चक्र विश्वकर्मा र एलिना चौहानको सुमधुर स्वर रहेको छ। भिडियोमा रेशम नेप्किङ र सञ्चिता बुलाखेले उत्कृष्ट अभिनय गरेका छन्। भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका थिए।
विगतमा पनि थुप्रै अवार्ड हात पारेका नेप्किङ पछिल्लो समय दर्शक-स्राेताको मनमा बस्न सफल भएका छन् ।


अवार्ड प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन् -`यो अवार्डले मलाई कलात्मक यात्रामा अझ प्रेरणा दिएको छ। मेरा भगवानसरहका दर्शक–स्राेता, आफन्त, साथीभाई र दिदीबहिनीहरूले भोट गरेर जिताउनुभयो। यो माया र खुशी सबैको हो।´


नेप्किङले बी–स्टार फिल्मिसका सम्पूर्ण टिम तथा अवार्डका प्रमुख विक्रम चौहानप्रति विशेष आभार व्यक्त गरेका छन्। दोस्रो पटक आयोजना भएको यो अवार्डले कलाकारहरूलाई आफ्नो कलालाई अझ सबलीकरण गर्ने प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।