तत्कालीन नेकपा (माओवादी) ले तत्कालीन सरकारकाे विरूद्दमा जनयुद्धको घाेषणा गरेको थियाे । राेल्पा, रूकुम, दैलेख, लगायतका जिल्लामा फागुन १ गते देखि जनयुद्धको शुरूवात भएको थियाे । साेही अवसरमा नाैमूले बजारमा २०५२ फागुन १ गते बिहान ठूला-ठूला घरहरूकाे भित्तामा महान जनयुद्ध सफल पाराै, राजतन्त्र मूर्दावाद, गणतन्त्र स्थापना गराैं, नेकपा (माओवादी) जिन्दावाद लगायतका नाराहरू राताे कमेराेले भवनकाे भित्तामा लेखिएका थिए । बजारभरि हल्लाखल्ला चल्याे । याे नारा कस्ले लेख्याे भनेर सवै वजारका मान्छे र स्कुलका शिक्षक विद्यार्थीहरू चकित परे । तत्कालीन सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा थिए ।
सरकारकाे विरूद्द नारा लेखिएको देख्दा सत्तापक्षका पार्टी र प्रहरी नै अचम्म परे । जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धानकाे लागि टाेली नाैमूलेमा पठाएको थियाे । प्रहरीले अनुसन्धान थाल्याे । तत्कालीन सरकारले गरेको शाेषण, दमन, अन्याय र अत्याचारको विरूद्दमा नाैमूलेका शिक्षक गणेश वहादुर सलामी, शिक्षक बसन्त कुमार विश्वकर्मा, हरिलाल सलामी लगायतकाे टाेलीले राजतन्त्रको विरूद्दमा र गणतन्त्रको पक्षमा आवाज उठाएकाे थियाे । नाैमूले बजारमा महान जनयुद्ध सफल पाराैं भनेर अक्षर लेख्ने कार्य बसन्त कुमार विश्वकर्मा, गणेश बहादुर सलामी र हरिलाल सलामीले गर्नु भएको थियाे । भर्याङ वाधेर रातकाे १२ बजे देखि १ वजे सम्म बजार र भैरब मा. वि. मा नाराहरू लेखिएका थिए ।
स्थानीय राजनीतिक दलले सुराकी गरेको आधारमा प्रहरीले २०५२ फागुन १५ गते बसन्त कुमार विश्वकर्मा, गणेश वहादुर सलामी र हरिलाल सलामीलाई पक्राउ गरि दुवै हातमा हत्कडी लगाएर नाैमूलेबाट जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याएकाे थियाे । प्रहरीले माओवादी जनयुद्धलाई सहयाेग गरेको अाराेपमा सात दिनसम्म प्रहरी हिरासतमा राख्याे र अनुसन्धान गर्न थाल्याे । बर्षाैसम्म ताेरख लगाएकाे थियाे । दैलेख क्षेत्र नम्बर १ का संयाेजक प्रकाश सुवेदीलाई फागुन १६ गते प्रहरीले पक्राउ गरेको थियाे ।

दैलेख निर्वाचन क्षेत्र नम्बर २ दुल्लुबाट थिर बहादुर कार्कीलाई माओवादी जनयुद्धलाई सहयाेग गरेको आराेपमा प्रहरीले चैत्र १८ गते पक्राउ गरेकाे थियाे । दुल्लु क्षेत्रमा थिर बहादुर कार्की, कृष्ण गुरूङ र थान बहादुर वि.क. राजतन्त्र विरूद्द र गणतन्त्र स्थापनाकाे अभियानमा लाग्नु भएको थियाे । दैलेख जिल्लामा महान जनयुद्धको शुरूवात गर्ने संस्थापकहरू क. प्रकाश सुवेदी, कमरेड थिर बहादुर कार्की, कमरेड गणेश सलामी, कमरेड बसन्त कुमार विश्वकर्मा, कमरेड हरिलाल सलामी, कमरेड कृष्ण गुरूङ, कमरेड थान वहादुर वि.क. रहनुभएको थियाे । दैलेख निर्वाचन क्षेत्र नं. १ र २ मा तत्कालीन समयमा पार्टी निर्माणका लागि वहाँहरूकाे ठूलाे त्याग र याेगदान अविष्मरणीय रहेको छ ।
तत्कालीन १० बर्षे महान जनयुद्ध, १९ दिने जनआन्दाेलनकाे जगमा देशकाे राजनीतिक व्यवस्था बदलियाे । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र नेपालकाे संविधान प्राप्त भएको थियाे । हामी महान जनयुद्धका शहीदहरू, घाइते अपांग र बेपत्ता याेद्दाहरू प्रति सम्मान छ । अझै देशका जनताको अवस्था बदल्न वाँकी रहेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा पार्टी एकता ०८२ कार्तिक १९ गते काठमाडौमा एकता भएर नेपाली कम्युनिष्ट पार्टीको बनेकाे छ । हाल साे पार्टीमा २५ वटा बाम घटकहरू एकतावद्द भएका छन् । साे पार्टीको केन्द्रीय सदस्यमा कमरेड बसन्त कुमार विश्वकर्मा रहनु भएको छ । त्यस्तै आयाेजक समिति सदस्य कमरेड गणेश बहादुर सलामी, पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड प्रकाश सुवेदी र कमरेड थिर बहादुर कार्की हुनुहुन्छ भने कमरेड हरिलाल सलामी दैलेख जिल्ला समिति सदस्य रहनुभएको छ । अन्य कमरेडहरू पार्टीको विभिन्न कमिटीमा रहनुभएको छ ।

खुलानजर । १ फाल्गुन २०८२, शुक्रबार ०८:२१