चौकुनेमा एकदिने खोप सम्बन्धी अभिमुखीकरण

सुर्खेत : चौकुने गाउँपालिकामा एक दिने खोप सम्बन्धी अभिमुखिकरण दिइएकाृे छ । बास नेपालद्वारा युनिसेफको सहयोगमा संचालित सामुदायिक संलगनता र मानव केन्द्रीत दृष्टिकोण कार्यक्रम अन्तर्गत शुक्रबार सरोकारवाला र समाजका अगुवा व्यक्तिहरुलाई दिइएको हो ।
अभिमुखिरणको उद्घाटनमा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले समाज लैङ्गिक समानतातिर गई सकरात्मक अभियानको थालनी गर्नुपर्ने बताए । उनले सकारात्मक अभ्यासहरुलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यले आगामी दिनमा खोपबाट छुटेका बालबालिका र जन्मदर्ताबाट बन्चित बालबालिकालाई सेवा दिन पालिकाले सहजिकरण गर्ने बताए ।
स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर जैसुरीले पालिकाभित्र धेरै बालबालिका खोपबाट छुटेको भन्दै त्यस्ता बालबालिकालाई खोपको दायरामा ल्याउन सबै नागरिकको सहयोगको आवश्यकता पर्ने औंल्याए ।
बासका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले लैङ्गिक र सामुदायिक संलग्नताको विषयमा सहजिकरण गरेका थिए भने स्वास्थ शाखा प्रमुख इन्द्रबहादुर जैसुरीले खोप र त्यसको महत्त्वको विषयमा जानकारी गराएको थिए ।
उद्घाटनसत्रको सहजिकरण बास नेपालका सामाजिक परिचालक जीतबहादुर तिरुवाले गरेका थिए ।