सुर्खेत: आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतकी २२ वर्षीया युवतीलाई असोज २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले सहयोग गरेको छ । कानुनी प्रकृयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको हो ।
चिङ्गाड गाउँपालिका वडा नम्बर ३ की युवतीलाई उनका पतिले मदिरा सेवन गरी मरणासन्न हुनेगरी कुटपिट गरेको र घरेलु हिंसा गरेकोले पीडितले जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदको निवेदन दिएकी थिइन् ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा असोज ९ गते निवेदन दिएकी हुन् ।
सोही निवेदनको आधारमा इन्सेकले नगद पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उनको भनाइ छ । उक्त सहयोगले आफ्नो न्यायीक यात्रामा सहज हुने पीडितको भनाई छ ।
खुलानजर । २३ आश्विन २०८०, मंगलवार १९:१७