कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

 

सुर्खेत :कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सदनबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट शर्माले विश्वासको मत लिएका हुन् ।

सभामा उपस्थित संख्या ३९ मध्ये शर्मालाई विश्वास छ भन्ने प्रस्तावको पक्षमा २५ मत खसेको सभामुख नन्दा गुरुङले घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको विपक्षमा १४ मत प्राप्त भएको थियो ।

शर्मालाई विश्वासको मतको पक्षमा माओवादी केन्द्रको १३, नेकपा एमालेको ९, राप्रपा १, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ गरी २५ मत पुगेको हो ।

प्रतिपक्षी कांग्रेसले १४ मत सहित विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेको हो । शर्मा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए