कर्णालीमा सत्ता गठबन्धनमा कसिएकाे गाँठाे फुक्याे, ७ जिल्लामा भागवण्डा मिल्याे

सुर्खेत, कालिकोट र रुकुम पश्चिमको भागवन्डा मिलाउन बैठक जारी !


सुर्खेत : कर्णाली प्रदेशमा सत्ता गठन्धनभित्र भागवण्डाको लागि कसिएकाे गाँठाे फुक्न लागेकाे छ । सत्ता गठबन्धनकाे बैठकले याे समाचार तयार पार्दासम्म सात जिल्लाको भागवण्डा बाँडफाँड गरिसकेकाे नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए ।
उनका अनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँट भईसकेपनि कुन पालिका कसले भन्ने कुरा आइतबार बिहान मात्रै सार्वजनिक हुनेछ ।              बाँकी रहेका सुर्खेत, कालिकोट र रुकुम पश्चिमको भागबन्डा मिलाउन पनि बैठक जारी नै छ।
आइतबार मनोनयन दर्ता गर्ने समय भएकाले पनि बाँकी तीन जिल्लाकाे टुंगो लगाउने सभापति शाहीकाे भनाइ छ ।