अरुको होटलमा काम गर्ने तर्क, जाे आफैं बने कराेडाैंका होटलकाे मालिक !


दैलेखस्थित साविकको विशाला गाविसमा जन्मिएका तर्कबहादुर शाही सानैदेखी मेहनति थिए । सुर्खेतमा पढ्दै गर्दा बिहान, बेलुका अधिकांश होटलहरुमा काम गर्थे। उनले ०६२ सालमा भ्याली भ्यू होटल पाँच लाखमा शुरु गरेका थिए । होटल क्षेत्रमा ३ दशकको अवधिमा स्थापना गरेका तीन वटा होटलमा झण्डै ५० करोड लगानी गरेका छन् । एक सय २० जना बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेका छन् । उनी ‘भ्याली भ्यू माईला’को नामले परिचित छन् । उनी होटल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्ष समेत हुन् । उनै शाहीसँग अंगराज परियारले गरेकाे सफलताको कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल बढी दुःख कम सुखमा बित्यो । २०५१ सालमा मेरो जेठा दाजुले एसएलसी पास गरेपछि सुर्खेत झरेर केही काम गर्दै पढ्नुभयो । सँगसँगै बाबा र म पनि सुर्खेतमा झर्यौं । सुर्खेत झरेपछि दाइले व्यवसायको सोच बनाउँदै हुुनुहुन्थ्यो । म भारतमा फुपूसँग बस्ने गरी गएँ । भारतमा पाँच वर्षजति बसें र चार कक्षासम्म उतै पढें । त्यो समय फुपूका छोराछोरी थिएनन्। फुपूले सानो उमेरको माइलो भतिजलाई आफैंसँग राख्ने इच्छा गर्नुभयो, तर बुबा र दाजुले मान्नुभएन । म २०५५ को अन्त्यतिर सुर्खेतमा फर्किएँ । परिवारबाट टाढा भएको महसुस भएपछि फेरि भारत जान मन गरिनँ । म पाँच कक्षाबाट वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा भर्ना भएँ । भारतमा पढेकाले मलाई सुरू सुरूमा नेपाली भाषा पढ्न गाह्रो भयो । त्यति बेलै दाजुले सुर्खेतमा पञ्चकोशी होटल चलाउन थालेका थिए मैँले त्यो होटलमा काम गर्दै पढ्न थालँे । बाल्यकाल र विद्यार्थी जीवन संघर्षमै वित्यो ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
जीवनमा यो बन्नुपर्छ भन्ने थाहा त थिएन । दाजुले सुर्खेतमा पञ्चकोशी होटल चलाउन थालेपछि पढ्दै काम गर्दै जाँदा पैँसा बढि यतै देखेँ । अहिले होटल व्यवसायी बनेँ ।
होटल व्यवसायी बन्ने के कुराले उत्प्रेरित गर्यो ?
सुर्खेत बाहिर जाँदा ठूला होटलहरु देख्दा वीरेन्द्रनगरमा पनि एउटा होटल खोलुकी जस्तो लाग्थ्यो । दाजुसंगै होटलमा गरेको काम र बाहिर घुम्दाको अनुभव र सिकाईलाई व्यवहारमा लागु गर्न होटल सञ्चालनको लागि तयारीमा जुटँे। दाजूसंगै मात्रै कति काम गर्नु आफूपनि केही गर्नुपर्छ भन्ने भावनाले प्रेरणासंगै बाध्यताले होटलमा भविष्य बनाउने बाटो रोजेँ । ०६२ सालमा भ्याली भ्यू होटल पाँच लाखबाट शुरु गरेको पछि त लागानी २ करोड ५० लाख पुगेपछि २९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाए । त्यो कुराले मलाई खुसी लाग्यो । कति ठाउँमा होटेल व्यवसाय सन्चालनमा छन् ।
२०६० बाट वीरेन्द्रनगर–६ मा सञ्चालनमा ल्याएको होटल भ्याली भ्यू हालसम्म तीन स्थानमा शाखा विस्तार भइसकेको छ । वीरेन्द्रनगरदेखी १३ किलोमिटरको दुरीमा पर्ने गढीलाई सुर्खेतको नगरकोट भनेर चिनिने गढीबाट छर्लङ्गै देखिने वीरेन्द्रनगर उपत्यका, भ्यालीभन्दा चिसो र शान्त वातावरणमा करिव एक विगाह क्षेत्रफलमा २१ करोडको लागतमा सुविधा सम्पन्न स्टे होटल भ्याली भ्यू सञ्चालनमा आएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रा.लि स्थापना भइसकेका छन् । होटल क्षेत्रमा ३ दशकको अवधिमा स्थापना गरेका तीन वटा होटलमा झण्डै ५० करोड लगानी भैसकेको छ । एक सय २० बढी युवालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेको छु ।

लगानी अनुसारको प्रतिफल पाउनुभयो ?

लगानी अनुुुसारको प्रतिफल पाएको छैन । होटल व्यवसायलाई थप उचाँइमा पुर्याउनका लागि अझैँ लागिपरेको छु । मैले संघर्ष गरेको क्षेत्रमै लगानी गर्न पाउँदा खुसी पनि छु। यहीँबाट म स्थापित भएकाले अहिलेको लगानीलाई म सम्पत्तिभन्दा सन्ततिका रूपमा लिन्छु। । मैले धेरै सम्पत्ति बेचेर, केही कमाइ र केही ऋण थपेर होटलमा लगानी बढाइरहेको छु । कामप्रति लगाव भए यही श्रम गरे ढिला चाँडो होला लगानी अनुसारको प्रतिफल लिन सकिन्छ । मेरो मनमा विचलन र अस्थिरता भने छैनँ ।

होटल व्यवसायमा चूनौती र अवसर के छन ?

मैँले वीरेन्द्रनगरमा होटल सञ्चालन गरेपछि स्थापित हुन सक्दैन की भन्ने त्रास थियो । किनकी वर्षाँदेखि होटलमै स्थापित भएकाहरुसंग प्रतिस्पर्धा गर्न उत्तिकै चुनौती थियो । तरपनि हिम्मत हारिनँ दिनहूँ ग्राहकहरुको रुमदेखी खानपानको अवस्थाबारे एक–एक रिपोर्ट लिएर होटलमा पाल्ने ग्राहकहरुलाई पुनः फर्कने वातावरण बनाएँ । ग्राहकको चाहना बुझेरै होला होटलमा राम्रैहुँदै गयो, विस्तारै ग्राहकहरुको चाप बढ्न थाल्यो । झण्डै १३ वर्षअघि होटलमा बस्नु पर्छ भन्ने मानसिकता थिएन । तर ग्राहकहरुलाई एक पटक सेवा दिए फेरी फर्काउने वातावरण बनाउनु नै मलाई चुनौती थियो । जोखिम मोलेरै करोडौंको लगानीमा होटल सञ्चानल ग¥यौं । त्यसको सुरक्षादेखी राज्यबाट पाउनु पर्ने आधारभूत सहयोग नपाउँदा हामी दुखित छौं । दक्ष जनशक्तिदेखी अन्य सेवा सुविधा उपलव्ध गराइदिने वातावरण राज्यले नबनाउँदा यस क्षेत्रको नीजि क्षेत्र माथि उठ्न सकेको छैन् । होटल सञ्चालनमा राज्यले नै निश्चित मापदण्ड ल्याउनु पर्ने हुन्छ । होटलमा सर्च गरेर हुँदैन । कतिपयले होटललाई गलत भाषाको प्रयोग गरेका होलान् होटलको मापदण्ड तोकेर राज्यले पेशा व्यवसायलाई प्रवद्र्धन गर्ने प्याकेज ल्याएपछि मात्रै कर्णालीको विकासमा टेवा पुग्छ ।

होटल व्यवसायमा पर्यटनलाई जोड्न कसरी सकिन्छ ?
कर्णाली अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्छ । होटेल व्यवसाय भनेको सामान्यतया खाने र बस्ने सुविधाको वितरण गरी त्यसबाट आर्थिक लाभ सिर्जना गर्ने व्यवसाय हो । होटल तथा पर्यटन व्यवसाय पनि सेवा र अर्थसँग सम्बन्ध राख्दछ । होटेल र पर्यटनलाई अलग अलग व्यवसायका गरी चलाउन सकिदैनन्। कर्णालीको पर्यटन क्षेत्रले सही दिशा र गति लिन सकेको छैन । होटल व्यवसायमा विभिन्न फरक–फरक विभाग हुने गर्छन्, फरक फरक विभागको व्यवस्थापन गर्न धेरै कर्मचारी आवश्यक पर्छ । होटल व्यवसायमा हरेक दिन नयाँ–नयाँ चुनौती र समस्या आउने गर्छन्, अझै नेपालजस्तो विकासोन्मुख र अस्थिर राजनीतिकले होटल व्यवसाय गर्दा पर्यटनलाई जोड्ने आधार त्यति गतिलो आधार छैन । होटेलमा बस्ने र खाने भनेका बाहिरबाट आउने मानिस नै हुन यसकारण यात्रु तथा पर्यटन बिना होटेल व्यवसाय पनि फस्टाउन सक्दैन । यसकारण होटल व्यवसाय र पर्यटन व्यवसाय एकै सिक्काका दुई पाटा हुन् । सुर्खेतमा आउने पर्यटक र रारा जाने पर्यटकलाई लक्षित गरेर नै सुविधा सम्पन्न होटलहरु बनाएको हो । सुर्खेतबाट नजिकै स्थानमा रहेको होटलबाट सुर्खेत उपत्यका अवलोकन गर्न र रमाईलो गर्नका लागि आन्तरीक तथा बाह्य पर्यटकहरु गोठीकाडाँ जाने तर त्यहाँ राम्रो होटल नभएका कारण त्यहाँ बस्ने मन हुदाहुदै पनि भ्यालिमै फर्किनु पर्ने बाध्यतालाई सुविधासम्पन्न होटल निर्माण पछि केही हदसम्म सजिलो बनाएका छौँ । होटलमा आउने अधिकांश पर्यटक आन्तरिक भएपनि अब विदेशी खर्चालु पर्यटकलाई लक्षित गरेर होटलका रुमहरुमा सेवा सुविधा थप गर्न लागिपरेका छौँ ।

भावी योजना के छन् ?
आगामि दिनमा कर्णालीमा आउने आन्तरिक तथा वाह्य ग्राहकलाई आधुनिक सुविधासहितको होटल सेवा प्रदान गर्ने पहिलो योजना छ । सुर्खेतमा आउने पर्यटक र रारा जाने पर्यटकलाई सेव गर्ने सुविधा सम्पन्न होटलहरु बनाएको हो । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई अझैँ राम्रो सुविधाको लागि अझै प्रयास गर्छु । कर्णालीमा रोजगारीको सिर्जनासँगै अर्थतन्त्रमा टेवा पु¥याउनका लागि निकट भविष्यमा कर्णालीका १० वटै जिल्लामा होटल खोल्ने लक्ष्य राखेको छु ।