पल शाह र करुणा तामाङको अभिनयमा ‘पान मिठो कलकत्ताको’ सार्वजनिक


काठमाडौं: चर्चित अभिनेता पल शाह र करुणा तामाङको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ।
Resham Nepking Presents को प्रस्तुति रहेको गीतको भिडियोमा पल शाह र करुणा तामाङसँगै गायक तथा मोडल रेशम नेप्किङ र प्रमिता राजघटानेको पनि अभिनय रहेको छ।
रेशम नेप्किङ र शान्तारानी परियारको स्वर रहेको गीतमा संगम पौडेलको शब्द तथा संगीत रहेको छ। गीतको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन्।
HBN Kismatले अडियो एरेन्ज गरेको गीतको भिडियो सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।
लामो समयको मेहनत र तयारीपछि सार्वजनिक गरिएको भिडियोले दर्शकको माया पाउने निर्माण पक्षको विश्वास छ। निर्माण टिमले दर्शक तथा शुभचिन्तकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ।
‘पान मिठो कलकत्ताको’ म्युजिक भिडियो Resham Nepking Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।