अर्थमन्त्री शाहले आफुखुसी बजेट विनियोजन गरेको भन्दै कांग्रेस सांसद अधिकारीले संसदमै गरे विरोध


सुर्खेत: आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले विविध शीर्षकमा छुट्याएको रकम मुख्यमन्त्री राजकुमार शर्मा र प्रदेशसभा सदस्यहरुलाई थाहा नदिएरै आफुखुसी गरेको बजेट विनियोजन बारे कर्णाली प्रदेश सभा सांसद एवम् नेपाली कांग्रेसका नेता सुरेश अधिकारीले संसदमै विरोध जनाएका छन् ।
उनले बुधबारको प्रदेशसभाको ११ औं बैठकमा अर्थमन्त्री शाहले आफुखसी कार्यकतामुखी बजेट विनियोजन गरेको भन्दै विरोध गरेका छन् ।
बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने पर्ने समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा आफ्नो भनाई राख्दै अधिकारी यस्तो भनेको हुन् । अधिकारीले चुनावमा हिजो खर्च भएको रकम उठाउने नियतले मनपरी रुपमा बजेट विनियोजन गरेको दाबी गरे ।
‘दैलेखमा २३ योजना, सुर्खेतमा १८,जुम्लामा ४, रुकुममा १, जाजरकोटमा ४, हुम्लामा १, कालिकोटमा २, डोल्पामा १ योजनाहरु कार्यकतामुखी बजेट विनियोजन भएको छ,’ उनले भने ।
‘सल्यान र मुगु के कर्णाली प्रदेश भित्र पर्दैनन् ? सबैभन्दा बढी हुम्ला, जुम्ला, सल्यानमा बाढी, पहिरो र विपद आएको छ त्यसको विषयमा अर्थमन्त्रीले सोच्नु पर्दैन’, भन्दै उनले प्रश्न गरे ।
आफूखुसी बजेट विनियोजन भएको हुँदा फिर्ता गरेर सम्बन्धित शीर्षकमा राख्न उनको अनुरोध छ ।
अर्थमन्त्रीको शाहले कसैलाई थाहा नै नदिएरै २३ करोड बजेट विनियोजन गरी आफन्त र कार्यकताको नाम तोकेर योजनाको जिम्मा दिएका थिए ।             यो पनि हेर्नुहोस् :

अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै बजेट विनियोजन, योजना निर्माणको जिम्मा आफ्नै नातेदारलाई !