रसिद नकाटी शुल्क लिएको आरोपमा दुई कर्मचारी अख्तियारको फन्दामा

सुर्खेत : विद्यार्थी भर्नाको क्रममा विना रसिद शुल्क लिएको आरोपमा अख्तियारको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कक्षा ११ को भर्नाको क्रममा रसिद विनै रकम संकलन गरेको आरोपमा जन नमूना माध्यमिक विद्यालयका दुई जना कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
नगद दुई लाख ७६ हजार ६९० रुपैया नगद र आवश्यक कागजात नियन्त्रणमा लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी उप–सचिव भेषराज रिजालले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा दुइ जना कर्मचारी छन् ।
पक्राउ परेका कर्मचारीहरुको नाम भने अख्तियारको टोलीले खुलाएको छैन् । उनीहरुले विद्यार्थीबाट रसिद विनै शुल्क लिएको विषेश सूचनाका आधारमा नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी रिजालले जनाए ।