सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो साढे १२ बजेको समयमा काईनेटिक ढुङ्गासहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीया दिपकबहादुर बस्नेत रहेका छन् ।
अवैध काईनेटिक ढुंगाको कारोबार भईरहेको गोप्य सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न घरमै पुगेको थियो । दिपकबहादुरलाई पक्राउका लागि तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कर्यालय सुर्खेतबाट प्रहरी टोली खटिएको थियो । साथै प्रहरीले बस्नेतले घरको कोठा भित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको कालो, सेतो रंगको अवैध उत्खनन् गरि ल्याएको खनिज पदार्थ (काईनेटिक ढूङ्गा) जस्तो देखिने बस्तु बरामद गरेको छ ।
उक्त खनिज पर्दाथ नापतौल गर्दा १६ क्विन्टल ९१ किलो सात सय ग्राम रहेको छ । बस्नेतलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि खानि तथा भुर्गभ कार्यालय सुर्खेतमा बुझाईएको प्रहरीको भनाई रहेको छ ।
खुलानजर । ८ श्रावण २०७९, आईतवार २०:२७