बाढी र पहिरो पीडितको व्यवस्थापनमा पालिका जुटिरहेको छ : अध्यक्ष भण्डारी

                                                                               सुर्खेत : केहीदिनदेखि परिरहेको अबिरल वर्षाका कारण बराहताल गाउँपालिकाभित्रका विभिन्न क्षेत्रमा भएको बाढी र पहिरो पीडित परिवारलाई आवश्यक राहत र पुर्नस्थापना गर्नका लागि गाउँपाािलका जुटिरहेको अध्यक्ष भिमबहादुर भण्डारीले  बताएका छन् ।
गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा बाढी र पहिरोबाट बढी क्षति भएको भन्दै नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणसँगै खाद्यान्न र राहतको व्यवस्थापनमा पालिका जुटिरहेको गाउँपालिकि उपाध्यक्ष लक्ष्मी पुन मगरले बताइन् ।
वडा नम्बर ४ को केलारी र सिस्नेरी बस्तीका नागरिकहरुलाई विभिन्न सुरक्षित स्थानहरुमा राखिएको उपाध्यक्ष मगरले जानकारी दिइन् ।


उनका अनुसार विपद् भएको क्षेत्रमा प्रहरी र स्थानीयहरुले समेत कडाईका साथ निगरानी गरिरहेका छन् ।
‘गाउँपालिकाभित्र बाढी र पहिरोको कारण पीडित नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ । बाढी र पहिरोबाट मानवीय क्षति नभएपनि भौत्तिक संरचना र पशुचौपायाको क्षति भएको छ,’अध्यक्ष भण्डारीले भने, ‘पहिलो कुरा उनीहरुलाई सुरिक्षतस्थानमा राख्ने र खाद्यान्नको जोहो गर्नुछ । अन्य कुराहरुको गाउँपालिकाले प्रदेश र केन्द्रसँग पहल गनेछ ।’
यस्तै निरन्तरको वर्षातका कारण वडा नम्बर ४ को हुड्केदेखि तरंगा जाने सडकखण्ड समेत अवरुद्ध भएको छ ।