कला, संस्कृति संरक्षण गर्नुपर्नेमा गन्धर्व समुदायकाे जोड  

सुर्खेत: गन्धर्व समुदायका परम्परागत कला, संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा गन्धर्व समुदायले जोड दिएका छन् ।
शनिबार नेपाल गन्धर्व विकास संघ सुर्खेत र नेपाल गन्धर्व समुदाय विकास केन्द्र गण्डकी प्रदेशका पदाधिकारीबिच भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो छलफल भएको हो ।
पछिल्लो समय गन्धर्व समुदायका परम्परागत सिपहरु लोप हुँदै गएको अवस्थामा दुबै संस्थाका पदाधिकारी र समुदायबिचको अन्तरक्रियामा परम्परागत पेसालाई संरक्षण गर्न एकजुट हुने निष्कर्ष निकालिएको नेपाल गन्धर्व विकास संघ सुर्खेतका अध्यक्ष बद्री बैगारले जानकारी दिए ।


‘दबै संस्थाका पदाधिकारीबिच भेटाघाट र अन्तरक्रिया भयो । विषेशगरी हाम्रो कला संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने कुरामा बढी जोड रह्यो,’अध्यक्ष बैगारले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीका कुरामा पनि सरकारसँग अनुरोध गर्नेजस्ता आधारभुत विषयमा पनि छलफल भएको छ ।’
उनका अनुसार संयुक्त रुपमा दुबै संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गर्ने सहमति समेत गरिएको छ ।
कार्यक्रममा नेपाल गन्धर्व समुदाय विकास केन्द्र गण्डकी प्रदेशका अध्यक्ष सुर्य गायक लगायत ४२ जनाको सहभागिता रहेको थियो ।