रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति


काठमाडौं : नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। पौडेल निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ।
पूर्वसभामुख तथा एमाले नेता सुवास चन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।
राष्ट्रपति निर्वाचनमा रहेको कूल  ४९ हजार ५ सय ९१ मतभारमा पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका थिए।
नेम्बाङले भने १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन्।