आन्तरिक राजश्व कार्यालयका प्रमुख सुवेदीलाई स्वागत

सुर्खेत : केहि दिन अगाडि मात्रै आन्तरिक राजश्व कार्यालय सुर्खेतमा सुरुवा भइ आएका प्रमुख कर अधिकृत कपिल प्रसाद सुवेदीलाई उद्योग वाणिज्य संघ सुर्खेतले स्वागत गरेकाे छ ।
मंगलबार उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलसहितकाे टिमले प्रमुख सुवेदीलाई स्वागत गरेका हुन् ।
कँडेलले प्रमुख सुवेदीलाई स्वागत गर्दै व्यवसाय र आन्तरिक राजस्वबिच नङ्ग र मासु जस्तै सम्बन्ध रहेकाेले समन्वय सहकार्य जरुरी रहेकाे बताए । उनले राज्यलाई कर मार्फत निजी क्षेत्रले टेवा पुर्याएकाे भन्दै आन्तरिक राजस्व कार्यालय व्यवसायीकाे अभिभावक रहेकाे बताए ।


कँडेलले उद्योग वाणिज्य संघले व्यवसायीकाे हकहितमा काम गर्ने प्यास गरिरहेकाे बताउँदै बजारलाई चलायमान र उद्दमी स्थापित गर्न राज्यले प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।
काेराेना महामारी र पछिल्लो समयको आर्थिक मन्दीका कारण निजी क्षेत्र धरासायी भएकाेले व्यवसायीलाई टिकिरहन सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष कँडेलकाे भनाइ छ । त्यस्तै प्रमुख करअधिकृत सुवेदीले व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर र व्यवसाय दर्ता गर्नुपर्ने कुरामा ध्यान दिन जरुरी रहेकाे बताउँदै आफु व्यवसायीकाे हकहितका लागि काम गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा सुर्खेतका स्थानीय व्यापारी, कर कार्यालयका कर अधिकृत चक्र ढंगाना लगायतकाे उपस्थित रहेकाे थियाे ।
सुर्खेत उद्योग वाणिज्य संघमा ६ हजार व्यापारीहरु आबद्ध रहेका छन् ।