सुर्खेत: राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा बिहीबार बिहान ९ बजेबाट सुरु भएको मतदान ३ बजे सम्पन्न भएको थियो । शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको सहायक मतदान अधिकृत रावलले बताए ।
७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै गठबन्धनका उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट अन्य कोटामा उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १२० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गरे ।
महिलातर्फ गठबन्धन उम्मेदवार बनेकी समाजवादीकी सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत प्राप्त गरेर विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त मात्रै पाइन् ।
त्यस्तै दलिततर्फ गठबन्धनको तर्फबाट माओवादीका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १२० मत प्राप्त गदै विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेर पराजय भए ,।
यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । जस अनुसार् कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।
४० प्रदेश सभा रहेको कर्णालीमा कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रापाका एक÷एक जना सांसद रहेका छन् । एक जना सांसद रहेको राप्रापाले आफ्नो इच्छा अनुसार प्रतिनिधि छानेर मतदान गरेको सांसद सन्तोषी शाहीले बताइन् । यहाँका सबै मतदाता मतदानमा सहभागी भएक थिए ।
खुलानजर । ११ माघ २०८०, बिहीबार १८:२१