विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगितामा गिनीज प्रथम

सुर्खेत: अन्तराष्र्टिय युवा दिवस २०२४ को अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, काक्रेबिहार युथ नेटवर्क सुर्खेतको आयोजनामा बवद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
शनिबार वीरेन्द्रनगरमा युवा सशक्तीकरण, मानवअधिकारको संरक्षण विषयक वक्रित्वकला प्रतियोगितामा एसओएस विद्यालयका गिनीज अधिकारी प्रथम भएका छन् । त्यस्तै द्धितियमा विद्याज्योतिकी एलिना बुढा र तृतियमा चन्द्रसूर्य एकेडेमीका क्षितिज पान्डे भएका छन् ।
१० वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा काँक्रेविहार युथ नेटवर्ककी संयोजक विपना केसी, एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य देवेन्द्र सेजुवाल लगायतको आतिथ्यता रहेको थियो ।