यज्ञप्रसाद ढकाल
महर्षि व्याघ्रपदका छोरा, धौम्य ऋषिका शिष्य रहेका उपमन्यु कृष्णका गुरु हुन् । शिवले तपस्याबाट प्रसन्न भएर क्षीरसागर मात्रै प्रदान गरेनन् छोराको रुपमा स्वीकारेको शिवपुराण आदि ग्रन्थमा उल्लेख पाइन्छ । सनातन धर्ममा एउटै वंशवृक्षका सन्तानको एउटै गोत्र मानिन्छ । यिनै गोत्रभित्रको एउटा गोत्रका प्रर्वतकका रुपमा रहेका छन् उपमन्यु । संसारमा रहेका उपमन्यु गोत्रीय सबै उपमन्युका सन्तानका रुपमा चिनिन्छन्।
वैदिक सनातन धर्मको समृद्घि एवम् निरन्तरताको इतिहासमा ऋषि मुनिहरूको विशेष योगदान रहेको छ । वेदको अर्को नाम श्रुति हो । (१०-२ मनुस्मृति) सृष्टिको प्रारम्भिक कालमा ऋषि मुनिहरूले आफ्नो तपोवलद्वारा ईश्वरबाट दैवीवाक् सुने । त्यही दैवीवाक्को श्रुति परम्पराबाट नै वेद प्रारम्भ भयो । त्यसैले पनि वेदलाई अपौरुषेय मानिन्छ । सोही वेदलाई श्रुतिपरम्परा मार्फत् जीवान्त राख्ने कार्य ऋषि मुनिहरूबाट भएको हो । सप्तऋषिहरूको धारणाबाट सातओटा ऋषि भन्ने रहे तापनि विभिन्न कालखण्डमा त्यसको परिवर्तन भएको पाइन्छ । शतपथ ब्राह्मणमा भारद्वाज, कश्यप, मारीच, गौतम, अत्रि, विश्वामित्र, जमदग्नि र वशिष्ठलाई सप्तर्षि मानिएको छ । महाभारतमा भने मारीच, अत्रि, आ¨िरा, पुलह, क्रतु, पुलत्स्य, वशिष्ठ आदि ऋषिहरूलाई सप्तर्षिका रुपमा मानिएको छ ।
वैदिक ऋषिहरूमध्ये उपमन्यु ऋषि पनि एक हुन् । ब्रह्मका छोरा वशिष्ठ थिए । ब्रह्मर्षि वशिष्ठका छोरा ब्याघ्रपद हुन् । अदितिका छोराको नाम आदित्य भए भै‘m वशिष्ठ ऋषिकी पत्नी ब्याघ्रयोनीबाट जन्मेका छोराको नाम ब्याघ्रपद रहेको हो । ब्याघ्रपदका छोरा उपमन्यु हन् । महाभारतमा आफ्नो परिचय दिने क्रममा ब्याघ्रपदको छोरा र धौम्य ऋषिको दाजु ह‘ु भनी उपमन्युले परिचय दिएका छन् :
ब्याघ्रपद इति ख्यातो वेदवेदा¨ पारगः ।
त्स्याहमभपं पुत्रो धौम्यश्चापि ममानुज ।। (११२।१४ अनुशासन पर्व, महाभारत)
उपमन्युका छोरा सिन्धुप्रद हुन् । वशिष्ठलाई ब्रह्माका छोरा भनिए तापनि कतिपय ग्रन्थमा उनको जन्म मित्रावरुण देवता र उर्वशी नामक अप्सराको कोखबाट भएको भन्ने भनाइ पनि छ । शक्राख्यातो..वेश्यापुत्रो वशिष्ठ..।
समग्रमा भन्नुपर्दा वशिष्ठ बारे पूर्णरुपेण सत्य तथ्यभन्दा पनि मतमतान्तर रहेको पाइन्छ । महाभारतका एक सशŒाm न्यायवादी ऋषि पात्र धौम्यका यिनी दाजु हुन् । वैदिक तथा पौराणिक आख्यानहरूमा उपमन्युको प्रस¨ पाइन्छ । पुराणहरू १८ छन् ः ब्रह्मपुराण, पद्मपुराण, विष्णुपुराण, वायुपुराण, भागवतपुराण, नारदपुराण, मार्कण्डेयपुराण, अग्निपुराण, भविष्यपुराण, ब्रह्मवैवतपुराण, लि¨पुराण, वाराहपुराण, स्कन्दपुराण, वामनपुराण, कूर्मपुराण, गरुडपुराण, शिवपुराण, ब्रह्माण्डपुराण आदि । यिनै पुराणहरूमध्ये यिनको विशेष चर्चा शिवपुराणमा रहेको पाइन्छ । किनकी उपमन्युका आराध्यदेव शिव हुन् । तपवाद, ब्रह्मवाद एवम् गुरुभŒिाmका आदर्श उपमन्यु हुन् । उपमन्य शिवभŒाm थिए । उनी नित्य शिवार्चना गर्ने गर्दथे । उपमन्यु ऋषिकै पारिवारिक तथा भŒिाmमार्गी परम्पराबाट नै उपमन्यु गोत्र समुदाय प्रादुर्भाव भएको हो । उपमन्यु गोत्र अन्तर्गत ३६ ओटा थर रहेको मानिन्छ । उर्वशी नाम गरेकी अप्सरा वरुणा ऋषिको तपस्या स्थलमा पुग्छिन् र तपस्या गरिरहेका मित्रता र वरुणा ऋषिको तपस्या प्रभावित पार्छिन् जसकारण तिनीहरूको वीर्य स्खलन हुन पुग्छ । त्यो वीर्य घडा माझरीमा दिएछन् जसबाट कुम्भज ऋषिको जन्म भएछ । वरुणाले आफ्नो वीर्य जल दृष्टिमा दिएपछि महर्षि वशिष्ठको जन्म हुन पुग्यो । पछि गएर महर्षि वशिष्ठ ब्रह्माजीका मानस पुत्र कहलिए । वायवीय संहिताको ३३–३४ अध्यायको पूर्वार्धमा वायुदेवद्वारा उपमन्युको कथामा उनको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । उपमन्यु ऋषिका सन्तान वा शिष्यका रुपमा रहेका व्यतिmहरूका सन्तान नै ढकाल कहलाएका हुन् ।
उपमन्यु शिवभŒाm थिए । उनी महर्षि व्याघ्रपदका छोरा र धौम्य ऋषिका शिष्य हुन् । उनी गुरुकुलमा बस्दा प्रतिदिन भिक्षाटन गरेर ल्याएको भिक्षा गुरुलाई अर्पण गरे पश्चात् पुनः भिक्षाटन गरेर आफ्नो जीवनयापन गर्ने गर्दथे । एकदिन गुरुले उनलाई प्रश्न गरे “उपमन्यु तिमीले ल्याएको भिक्षा तसबै म राख्दछु । अनि तिमी ऋष्टपुष्ट देखिन्छौ त” भन्दा उपमन्यु भन्छन् ः “गुरु म दोस्रो पटकभिक्षा मागेर आफ्नो जीवन निर्वाह गर्ने गर्दछु ।” गुरुले दोस्रोपटक गरिने सम्पूर्ण गतिविधिहरूमा पूर्ण प्रतिबन्ध लगाउँछन् । तत्पश्चात् उपमन्युले अर्को युक्ति अपनाउँछन् । उनी गाईको बाच्छाले खाएर बचेको फिँज खाएर जीवन निर्वाह गर्न लाग्छन् ।
उनलाई ऋष्टपुष्ट देखेर गुरुले पुनः प्रश्न गर्छन् । उपमन्युलाई खानपिनका लागि प्रतिवन्धहरू लाग्दै जान्छन् । उनी हरेस् नखाई गुरु आज्ञा शिरोधार्य गर्दछन् र आफ्नो दिनचर्यालाई निरन्तरता दिन्छन् । सबै खानेकुरामा प्रतिबन्ध लागेपछि उनी जङ्गलका पातहरू खाएर जीवनयापन गर्न थाल्छन् । एकदिन वनमा गाई चराउँदै गर्दा भोकले अत्याधिक प्रताडित भएपछि उनी सिउँडीको पात चपाउन पुग्छन् । सिउँडीको पात खाएका कारण उनी दृष्टिविहीन बन्न पुग्छन् । दृष्टिविहीन भएर पनि उनी अगाडि बढ्न छाड्दैनन,् दुर्भाग्य उनी सुक्खा इनारमा खस्न पुग्छन् । उता आश्रममा अबेर रात्रिसम्म नआइपुग्दा उनको खोजाइ हुन्छ । वनमा खोज्ने क्रममा गुरुले उनलाई देखेपछि देववैद्यको तपस्या गर्न लगाइ अन्य शिष्यहरूसहित आफ्नो आश्रमतिर लाग्छन् । गुरुको आदेशानुसार त्यसै अवस्थामा उनी दैववैद्यको आराधना गर्न थाल्दछन् । उपमन्युको कठोर तपस्या देखेर देववैद्यहरू प्रशन्न हुन्छन् र पुवा खान दिन्छन् तर उनी गुरुको आज्ञाबिना पुवा खान असमर्थता जनाउछन् । आयोधम्य ऋषिका शिष्य गुरुभक्त उपमन्युले कठोर तपस्या गरेको देखेका कारण देववैद्य अति नै प्रशन्न भएर उनलाई आशीर्वाद दिँदै भन्छन् ः “तिम्रा गुरुका फलामका दाँत छन् । तिम्रा सनुका दाँत हुनेछन्् ।” अर्थात् तिमीलाई तिम्रा गुरुको भन्दा पनि बढी ज्ञान प्राप्त हुनेछ । भन्दै उनको गुरुभŒिाmको उच्च मूल्याङ्कन स्वरुप आशिर्वाद÷वरदान दिएको कुरा महाभारतको कथामा पाइन्छ । (पुरानो पठ्यक्रमः नेपाली कक्षा ८, उपमन्युको परीक्षा)
उपमन्यु कृष्णका गुरु हुन् । उनले कृष्णलाई पाशुपतादि ज्ञान दिएको कुरा महाभारतको वायवीय संहिताको उत्तराखण्ड अन्तर्गत १–२ अध्यायमा उल्लेख पाइन्छ । यसर्थ उपमन्यु पाण्डवहरूका साथै कृष्णका पनि गुरु रहेको सिद्घ हुन्छ । कृष्ण आफै‘मा अति चतुर व्यक्तित्व रहेका कारण उनका गुरु कति विद्वान थिए होलान् चिन्तनीय, मननीय कुरा अवश्य पनि रहेको छ । महाभारत, कृष्ण र उपमन्युको समयकाल द्वापरयुग हो । यस समयमा कौरव र पाण्डवहरूको भयंकर युद्धभएको छ । कौरवहरूको छलकपटले गर्दा पाण्डवहरूले अकल्पनीय दुःख कष्ट भोग्नु परेको छ । मर्यादा र सीमाभित्र बस्ने व्यक्तिले कति कष्ट झेल्नुपर्छ भन्ने कुरा यस कथाबाट प्रष्ट हुन्छ । गुप्तवासको समयमा पाण्डवहरू अनेकानेक दुःख कष्ट झेल्दै हालको कर्णाली प्रदेशको दैलेख जिल्लासम्म आइपुगेको कुरा दैलेखको पञ्चदेवलले इतिहास जीवान्त राखेको छ । धर्म र इतिहासलाई काल्पनिकताको खाल ओढाउन खोज्ने व्यक्तिहरूका लागि यो ज्वलन्त उदाहरण हो । यसर्थ पनि नेपाललाई देवी देवताको रमणीय स्थान मात्र नै नभइ वासस्थान र दुःख सुखको साथस्थानका रुपमा हेर्न सकिन्छ ।
उपमन्यु गोत्रीय सबै वर्णका मानिसहरू शैवी हुन् । अर्थात् शिवका उपासक हुन् । वेैदिक सनातन÷सनातन÷हिन्दु धर्म अन्तर्गत गृहस्थाश्रममा रहेर यिनीहरूले जीवनयापन गर्ने गर्दछन् । सनातन धर्ममा गृहभित्र अचल देवविग्रह राख्न वर्जित छ । यसर्थ गृहस्थीहरूले चल मूर्तिको पूजा अर्चना गर्र्ने गर्दछन् । यसै कारण उपमन्युका सन्तानहरूले यत्रतत्र विस्तारित ह“ुदैगर्दा शिव प्रतीकको रुपमा डमरु साथमा लिएको विश्वास गरिन्छ । तत्कालिन समयमा देवभाषा (संस्कृत भाषा) बोलिने भएकाले डमरुलाई संस्कृतमा ‘ढक्का’ र राख्ने ठाउ“लाई आलय, ढक्का+आलय.ढक्कालय भनिने हुनाले ढकालहरूलाई ढक्कालय पनि भन्न थालियो भन्ने भनाइ ढकालहरूमा रहेको छ । ढक्का शब्द संसारकै प्रथम व्याकरणमा पाइन्छ ः नृŒाावसाने नटराजराजो ननादढक्का नवपञ्चवारम् । उद्धर्तुकामाःसनकादिसिद्धान् एतद्विमर्शे शिवसूत्रजालम् ।। (लघुसिद्धान्त कौमुदी ः चौध सूत्र) शिवजीले नर्तनको समयमा चौध पटकमात्र डमरु बजाएकाले देवादिमा कौतुहलताको विषय बन्यो । पाणिनिले यसलाई सूत्रका रुपमा, कात्यायनिले वार्तिकका रुपमा र पतञ्जलिले यसको भाष्य तयार पारेपछि संसारकै प्रथम व्याकरण तयार हुन पुग्छ । यसै क्रममा शिव÷महादेवबाट नै संगीतको उत्पŒिा भएको पाइन्छ । त्यसै कारणले शिवलाई नटराजराज भन्ने गरिन्छ । चार वेदमध्ये एक वेद सामवेद पूर्णरुपेण संगीतमय भएकाले नै यसमा वेद पाठ नभइ वेद गान हुन्छ । जसलाई सामगान भनिन्छ । (सामगान महेश्वरः) । कृष्णले पनि गीतामा आपूmलाई वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः। इन्द्रियाणां मनश्चााश्मि भूतानामस्मि चेतनाः ।।१०.२२।। वेदमा म सामवेद हुँ, देवताहरूमा इन्द्र हुँ, इन्द्रियहरूमा मन हुँ र प्राणीहरूको चेतना हुँ भनेका छन् । त्यसैगरी ढक्का शब्द अपभ्रंश हु“दै ढक्कालयबाट ढा“कु क्षेत्रको नाम र ढकाल थर रहनुका साथै शिवको डमरुबाट ढकाल थर बनेको÷उत्पŒिा भएको कुरा ढकालहरूको वंशावलीका लेखकहरूले उल्लेख गरेको पाइन्छ । सनातन धर्ममा चार आश्रम मानिएका छन् । ती आश्रमहरू ब्रह्मचार्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रम हुन् । सबै जातिहरूमा ब्राह्मणलाई उच्च मानिएका कारण यस जातलाई विशेष अनिवार्य अनुशासन व्यवस्था अन्तर्गत राखिएको बुझिन्छ । पहिला गुरु, पण्डित, ज्योतिष, पुजारी आदिलाई जोशी वा भट्ट ब्राह्मण भनिन्थ्यो । आज पनि यसको ज्वलन्त उदाहरणका रुपमा पशुपतिनाथ मन्दिरका पुजारीहरूलाई हेर्न सकिन्छ । उनीहरू भट्ट नै हुन् । आजभोलि पश्चिम नेपाल, कुमाउ, गढवाल, गुजरात आदिमा भट्ट थरका ब्रा≈मणहरू छन् । वर्तमान समयमा भट्ट थर रहेका ब्रा≈मणहरू रहे तापनि तत्कालिन समयमा भट्ट ब्रा≈मणको अर्थ विशिष्ट ब्रा≈मण भन्ने मात्र नभइकन उनीहरूका गविधिहरू नै विशिष्ट हुन्थे । जसबाट यज्ञादि कर्म मात्र हुदैनथे । राजगुरु रहेका कारण राज्य सञ्चालनार्थ उनीहरूको विशिष्ट भूमिका रहने गर्दथ्यो । ढकालहरू पनि भट्ट भएका कारण राजगुरु, ज्योतिष, कर्मकाण्डी, पुजारी आदि शैक्षिक जगतमा नै हुन्थे । यसका अतिरिक्त ढकालहरू किसान र सन्यासी आदि पनि रहेको पाइन्छ । नेपाल एकीकरण पश्चात् पृथ्वीनाराण शाहका गुरु कुलानन्द ढकाल थिए । वर्तमान समयलाई दृष्टिगोचर गर्दा पनि ढकालहरू खेती किसानीबाहेक पूर्ववत् शैक्षिक पेशामा नै लागेको पाइन्छ । चार वर्णभित्रका ब्रा≈मणबाहेक अन्य जातहरू ऐच्छिक नियमभित्र रहेका र ढकालहरू भट्ट ब्रह्मण भएका कारण पनि यिनीहरू उच्च कुलीन ब्राह्मणभित्र रहेको इतिहास, पुराण आदिले सिद्घ गर्दछन् ।
उपमन्यु गोत्रका ढकालहरू पनि कालान्तरमा आआफ्ना क्रियाकलापका माध्यम र नेपालको भौगोलिक परिवेशका साथै सांस्कृतिक विविधताका कारण अन्य जात जातिका महिलाहरूस‘ग संसर्ग हु‘दा या वैवाहिक बन्धनमा बॉधिएपछि तिनीहरूबाट उत्पन्न सन्तानहरूमा तत्कालिन अवस्था अनुसार जात खस्ने परम्पराको थालनी भएको देखिन्छ । राणा कालमा उनीहरूले मन पराएका चेलीहरूका आफन्त वैश्य या अन्य जातबाट क्षेत्रीय हुन सक्ने र राणा विरोधी ब्रा≈मणबाट पाइलागी खोसी, जात खसाली उनीहरूलाई मृत्युदण्ड दिने प्रचलनको थालनी उनीहरूबाट नै सुरु भएको इतिहासका कालखण्डहरूमा पाइन्छन् । यसै प्रथा÷परम्परालाई जनताद्वारा जुनसुकै अवस्थामा स्वीकार गरिएकै कारण पनि नेपालमा धेरै जात रहेका÷भएका हुन सक्छन् । अझ प्रष्टरुपमा बु∆न यसलाई नेपाल प्रजा परिषदको उदयपश्चात् शहिद काण्डका इतिहासका पानाहरूलाई हेर्न सकिन्छ । प्राचीनकाल या सत्यादि युगलाई दृष्टिगोचर गर्दा त्यसको (वर्तमान समयको) ठ्याक्कै विपरीत गतिविधि रहेको पाइन्छ । यसको अर्थ पौराणिक कालखण्डमा वर्णाश्रमहरू थिएनन् भन्न खाजिएको भने होइन । कुनै न कुनै कारणबाट जन्मेका ती बालकहरू आफ्नो जीवनमा कठोर तपस्या गरेर महान व्यक्ति बन्न पुगेका छन् । तिनीहरू नै अति उच्च साधनाका कारण कालान्तरमा ऋषि, महर्षिका रुपमा स्थापित हुन पुगेका हुन् । तिनै व्यŒिाmत्वहरूलाई आजभोलि गोत्रका रुपमा लिइन्छ । तिनैका केही सन्तानका बारेका बुΣन सकिन्छ । ती प्रायः सम्पूर्ण ऋषिहरू अन्यान्य जातिमा जन्म लिएको पाइन्छ । अध्याय–३, वायवीय संहिता, उत्तराखण्ड, शिवमहापुराण, अध्याय–३२, शतरुद्र संहिता
खुलानजर । २९ कार्तिक २०८१, बिहीबार १८:५२