संघर्षले सफलतामा पुगेका अधिवक्ता दुर्गाप्रसाद सापकोटा


अधिवक्ता दुर्गाप्रसाद सापकोटा सामान्य परिवारमा जन्मेका व्यक्ति हुन् । बुवा पद्यमालाल सापकोटा र आमा मोहनकुमारी सापकोटाको सातौँ सन्तान हुन् । अधिवक्ता सापकोटा लयर्स एसोसिएसन सुर्खेतको अध्यक्ष हुन् । र उनी मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक पनि हुन् । उनै सापकोटासँग अंगराज परियारले गरेका संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मैंले बाल्यकालमा दुःख कष्टहरु धेरै पाएको छु । दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिकामा २०२९ पुस १ गते सामान्य परिवारमा जन्मेको हुँ । मेरा वुवाको नाम पद्यमालाल सापकोटा र आमाको नाम मोहनकुमारी सापकोटाको म सातौँ सन्तान हुँ । म सात बर्षको भएपछि विद्यालयमा भर्ना भएँ । २०३६ सालमा घर नजिकैको चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेको भैरव प्रा.वि मा भर्ना भएर पढाई सुरुवात गरें । त्यसपछि २०४७ सालमा मैंले मा.वि स्तरको पढाई चामुण्डा मा.वि छाडाकोटमा पढेको हो । त्यतिबेलाको समयमा एसएलसीकोे परिक्षा केन्द्र विभिन्न ठाउँमा हुने भएको हुँदा कक्षा कोठाको जाँच परिक्षा पास गरेका विद्यार्थीले विजय मा.वि दुल्लुमा परिक्षा दिने व्यवस्था भएको कुरा मैंले भुलेछु । त्यो २०४७ सालको कुरा हो । २०४७ सालको परिक्षामा म उर्तिण हुन सकेँन । राम्रो तयारी गरेर २०४८ सालमा एसएलसी पास गरें । २०४८ र २०४९ सालमा ११ र १२ कक्षाको प्रतिक्षामा बसको थिएँ। तर मेरोे ठाउँमा उच्च मा.वि को पढाई हुने विद्यालय थिएनन् । त्यसपछिे गाउँ छोडेर सुर्खेतको वीरेन्द्रनगरमा प्रवेश गरें । वीरेन्द्रनगरमा आएर वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आईएल पढे । निरन्तर २ वर्षसम्म पढँे । २०५३ सालमा पढ्दा पढ्दै मेरो बुवा विरामी हुनुभयो । विरामी बुवाको उपचार गर्दागर्दै बुवाको निधन पनि भयो । बुवाको रेखदेख काजक्रियामा व्यस्त भएँ । मेरो जिवनमा झन जिम्मवारी थपियो । तर पनि हार नमानेर २०५५ देखि २०५८ सालसम्म पुनः पढ्नको लागि बाँकेको नेपालगञ्जमा गएँ । त्यहाँ महेन्द्र बहुमखी क्याम्पसमा बिएल पढ्को पास गरेँ ।

विद्यार्थी जीवनको लक्ष्य के थियो ?
सबैको सरकारी जागिरी खाने निजामति सेवामा प्रवेश गर्ने सोच हुन्छ । तर मेरो त्यो सोच थिएन । म सानै देखि पेसा व्यवसाय गर्ने सोच बोकेको मान्छे हुँ । एम.ए पास गरेको, प्रतिष्ठान र आफु सँग भएको ज्ञान अरुलाई दिनको लागि अशिक्षित व्यक्तिलाई शिक्षित बनाउनको लागि २०६९ साल पुस ३ गते बाट आशिंक समयको लागि जागिरी सुरु गरें । त्यसपछि २०७० माघ १५ मा करार र २०७४ पुस १० गते स्थायी रुपमा मध्यपश्चिम विश्वविद्यालयमा नियुक्त भएँ । म अहिले मध्यपश्चिम विश्वविद्यालयको उपप्रध्यापकमा कार्यरत छु । बाँकी समय वकालत पेशामा बिताउँदै आएकाे छु
वकिल बन्ने चाहना के कुराले प्रेरित गर्यो ?
मलाई सानै देखि अपराधको पक्षमा वकालत गर्ने चाहना थियो । समाजमा वकिलको ज्ञान नभएकाहरुले नैतिकताको पाठ सिकाउँदा मैंले यिनीहरुलाई धेरै कुरा सिकाउनुपर्छ भनेर वकिल पढें ।

किन जागिरसँगै व्यवसायपनी ?
हो मैंले जागिरसँगै व्यवसाय पनि गरीरहेको छु । मेरो पहिलो सोच भनेकै पेसा व्यवसाय गर्ने थियो । त्यसैले मैंले २०५६ सालदेखि कानुनी व्यवसाय गर्दै आएको छु । मैंले २०५९ सालदेखि २०६१ सम्म पत्रकारिताको काममा अनुभव छ । २०६१ सालमा मैंले छरछिमेक साप्ताहिक पत्रिकामा उपसम्पादकमा रहेर काम गरेको पत्रकार हुँ । पहिलेदेखि नै भ्रष्टचारको विरुद्धमा लागेको अभियन्ता भएकाले भ्रष्टचार सामाजिक अपराध हो । यसलाई शुन्यमा झार्नकालागि तत्पर रहने छु । २०५६ साल देखी ल फर्म मार्फत कानुनी सेवा समेत दिदै आएको छु । लाभ भन्दा पनि न्यायिक शक्तिले गर्दा मैंले त्यति धेरै लाभ लिएको छैन ।
पछिल्लाे समय वकिलको पेसाबारे किन आलोचना हुन्छ ?
नागरिक समाजको नेतृत्व गरेका वकिलहरु अदालतमा क्रुर अपराधी भनी पेस भएका आरोपितको पक्षमा बहस गर्न तयार भएको देखिन्छ। एकातिर केही मुद्दामा बहस गर्न धेरै वरिष्ठ अधिवक्ताहरुको लाइन खडा हुने तर अर्कोतिर सर्वसाधारणले न्याय माग्दै हालेका मुद्दामा वकिलले राख्नै नसक्ने अवस्था छ। यस्तो सन्दर्भमा वकिलहरुको आलोचना हुने गरेको छ ।

कानुन व्यवसायीकाे किन दोहोरो चरित्र ?
यो एउटा दृष्टिकोण हो भन्ने मेरो बुझाइ छ। कानुनले आफूले चाहेको वकिल राख्न पाउने अधिकार दिएको छ। अभियुक्त वा आरोपितले त्यहीअनुसार नै वकिल छान्ने गरेका छन्। उसले छानेको व्यक्तिले उसको पक्षका वकालत गर्ने पर्छ। फौजदारी आरोप लागेका व्यक्तिको प्रतिरक्षा गराउन पाउनु उसको अधिकार हो। समाजमा विविध प्रकारका मान्छे छन् र विवाद पनि त्यसैगरी निस्केका छन्। फौजदारी प्रकृतिमा जुनसुकै परिस्थितिमा पीडितको पक्षको सरकार उपस्थित हुन्छ, त्यसैले आरोपितले पनि आफ्नो कुरा भन्न पाउनुपर्छ। त्यो काम वकिलले मात्र गर्न पाउँछ। उसले पनि न्याय पाउनु पर्छ। अदालतले निर्णय गर्नुअघि हरेक मानिस निर्दोष हुन्छ। अदालत र न्यायाधीशले फैसला गरेर नतोकेसम्म ऊ अपराधी हुँदैन। अपराध स्वीकार गरे पनि त्यसको डिग्री के हो भन्ने बारेमा वकिलले मात्र बोल्न सक्छ। त्यसको बाटो देखाउन सकेन भने न्यायाधीशले के आधारमा निर्णय गर्ने त? अपराध र निर्दोषिताको निर्णय पनि हुनु पर्ला नि?

वकिलले गरेको सबै कार्य स्वभाविक हो भन्न खोज्नु भएको हो?
वकिलले कानुन व्यवसाय गरेकाले आरोपित व्यक्तिको छनोट अनुसार त्यसको सेवा दिनु स्वभाविक हो। तर प्रश्न अब यो हो कि, यसरी हामी वकिलले जसले यस्ता मुद्दाहरु बहस पनि गर्ने र सार्वजनिक रुपमा समाजको नैतिकतामा आधारित भएर बोल्ने कि नबोल्ने त्यो व्यक्तिगत छनोटको कुरा हो। मलाई भन्नुहुन्छ भने म कुनै पक्षलाई न्याय दिनका लागि अदालतमा उभिन्छु भने त्यो कानुनको ज्ञाताका आधारमा बोल्छु। त्यो तथ्य र प्रतिबद्धता हो। तर यसलाई एउटा केसमा एउटा, अर्कामा अर्को र समाजमा आउँदा अर्कै गर्छ भने त्यहाँ फरक देखिन्छ। यसरी फरक हुँदा समाजले निश्चय नै प्रश्न गर्छ। अहिलेको अवस्था यही हो। यो सबै कानुन व्यवसायमा रहेको प्रश्न हो। मैले कुरा गर्दा मेरोमा मात्र गर्ने होला तर चिकित्सादेखि शिक्षकसम्म यी कुरा छन्। मुख्य कुरा मेरो व्यक्तित्व कुन रुपमा स्थापित गर्ने भन्ने हो। कानुनले दिएको आधारमा एउटा र समाजमा अर्को देखिनु आफैंमा अस्वभाविक हुनसक्छ। कानुनले दिन्छ भने समाजले यसमा प्रश्न उठाउँछ र उठाउनु पनि पर्छ होला। समाजले तपाईं दस ठाउँमा दस वटा कुरा गर्नुहुन्छ भनेर प्रश्न उठाउन सक्छ।

वकिल महँगा हुँदै गएका हुन कि ?
अहिले वकिल महँगो हुँदै गएको निश्चित हो। यसरी महँगो हुनुमा समाज र परिवेशले पनि निर्धारण गर्छ। समाजले अहिले एउटा अभियुक्तले किन १० जना वकिल राख्छ। न्याय दिन त एक जना वकिल नै पर्याप्त छ नि। यो व्यवसाय भएकाले दुई पैसा बढी कमाउन खोज्छ नै। कम्जुमरले खोजेअनुसार व्यवसायले सेवा दिन्छ। अमेरिकामा हेर्ने हो भने दसौं हजार मुद्दा हुन्छन् तर त्यसमा छनोट गरेर मात्र फैसला गर्छ तर हाम्रो सर्वोच्चमा दसौ हजार मुद्दा छन्। हाम्रो सर्वोच्च अपिल अदालत बनिरहेको छ। महँगो हुनुमा वकिलकै पनि हात छ, यसलाई म स्वीकार गर्छु।

भावी कार्ययोजना के छ ?
म आगामी दिनमा गुणस्तरिय सेवा प्रवाहको योजनाहरुमा आफु निसुल्कं भएर जिउन चाहान्छु । निकटतम कानुन व्यवसायीबाट सहयोग लिने वा सर्वदलीय कानुन व्यवसायीको प्रतिनिधित्व गर्दै न्यायालयमा प्रभाव जमाउन गरिने जुन किसिमको प्रवृत्ति बढ्दो छ । त्यो सिन्डिकेट वा कार्टेलिङजस्तै देखिएको छ म यसको पक्षमा न्याय जगतमा केकस्ता मुद्दामा कस्ता कानुन व्यवसायीले बहस पैरवी गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा व्यापक छलफलको केहि तय गर्ने योजना छ ।