आमाबुवा गुमाएका बेसहारा बालबालिकालाई सहयाेग


प्रेम सुनार
सुर्खेत : आमाबुवा गुमाएर बेसहारा भएका बालबालिकालाई सहयाेग गरिएको छ । बुवाआमा गुमाएका चार जना बालबालिकालाई बुधबार दलितका लागि दलित आन्दोलनले पञ्चपुरी- ११ स्थित उनीहरुको घरमा गएर सहयाेग गरेकाे हाे ।
दुई वर्ष अगाडि आमाको खाेलामा बगेर मृत्यु भएकाे थियाे भने बुवाकाे यही माघ १२ गते मृत्युु भएको हाे ।
बुवाआमा दुवैकाे मृत्युभएपछि ११ वर्षीया मनिषा विक, ९ वर्षीय शंकर विक, ४ वर्षीय करण विक र कविता विक बेसहारा भएका हुन् ।
उनीहरुलाई दलितका लागि दलित आन्दोलनका संयाेजक ललित सुनमर, समाजसेवी प्रेम सुनार, धनिराम बिकले कार्यापालिका सदस्य अनिता बिकको रोहवर खाद्यान्न, लत्ताकपडा र नगद सह वितरण गरेका हुन् । समाजसेवी सुनारका अनुसार नगद १४ हजार ८ सय रुपैयाँ बैकमा बाल खाता खाेलेर जम्मा गरिनेछ । उनीहरुलाई विभिन्न व्यवसायी र मनकारी व्यक्तिहरुले सहयाेग गरेका हुन् ।

सहयाेग गर्नेहरु:
१. गंगामाला सुनचाँदी पसलका सञ्चालक बलिराम बिश्वर्माले १ बोरा चामलर २ किलाे दाल
२. कँडेल सप्लायर्सका सञ्चालक प्रकाशले कडेलले १ पेटि तेल
३. खरेल स्टोर्सका सञ्चालक नारायण खरेलले १ बोरा चामल
४. काक्रेेबिहार डन्टेलका सञ्चालक किरण विसीले १ बोरा चामल
५. फेमस टेलर्सबाट १ बोरा चामल
६. न्यु दैलेखी कट्टी सुनचाँदी पसलबाट २ हजार नगद
७. रमेश बिकले १ हजार
८ .प्रेम सुनार ५ सय
९. प्रशुराम नेपाली ५ सय
१०. अनिता बि क ५ सय
११. मान बहादुर बि क ५ सय
१२. प्रियका बिक ५ सय
१३. धनरुपा बि क ५ सय
१४. साबित्रा नेपाली ५ सय
१५. अमृता कुमारी पोखरेल ७ सय
१६. लक्ष्मी कुमारी पौडेल ५ सय
१७. ललित सुनार ५ सय
१८. सागर सुनचाँदी पसल पुरन सुनार ५ सय
१९. मन बहादुर सुनार ५ सय
२०. लक्ष्मण सुनचाँदी पसल लक्ष्मण सुनार ५ सय२०

२१. मौसम सुनचाँदी पसल शान्ति सुनार ५ सय
२२. बल बहादुर शाहि ५ सय
२३. कालभैरव सुनचाँदी पसल १ सय
२४. यज्ञ सुनार १ सय ६०
२५. उषा ज्यालेेस ५ सय
२६. खगेन्द्र सुनार १ सय
२७. प्रेम बयक ८ सय
२८. रोशनि बि क ५ सय
२९. कृष्ण बि क ५ सय
३०.  तेज बहादुर रोकाय ५ सय
३१. रमेश टेलर्स विष्णु दमाई ५ सय