जेन-जि नेतृत्व चौकुनेमा कहिले  ?

लालमणि धमला

भाद्र  २३-२४ नेपालको इतिहासको सबैभन्दा अविस्मरणीय दिन हो । यो नेपालमा आमूल परिवर्तन मा युवाहरू को योगदानको कोशेढुङ्गा मध्ये एक साबित भएको छ ,  यसले पुराना स्थापित दलहरू र नयाँ उठेका दलहरूमा समावेश गरिएका सबै कुप्रथाहरु र उन्माद लाई मात खुवाएको छ ।  यो क्रान्तिले एक पटक जनताको सार्वभौमसत्तालाई स्पष्ट रूपमा औचित्य दिएको छ ,  क्रान्तिले मुख्यतया दुई एजेन्डहरूलाई अग्रपंक्तिमा ल्यायो , ती हुन भ्रष्टाचार  अन्त्य गर्ने  र प्रत्यक्ष निर्वाचित कार्यकारी ,  तर हड्ताललाई केही प्रतिशोधवाद र आतंकवाद  मोड्यो, जसले नेपालमा दावी गर्न नसकिने विभाजन सिर्जना गर्‍यो र नेपाललाई लगभग २०/३० वर्ष पछाडि धकेल्यो हाम्रा सयौ ऐतिहासिक धरोहर हरु नष्ट भए केही नमिठा कार्यहरू घुसपैठ र आतंककारी गतिविधि ले समेत मौका छोप्यो यो हाम्रो आन्दोलन को दु:खद पक्ष रहन गयो ।

हामीले जेन-जि स्ट्राइकलाई धेरै सूक्ष्म रूपमा विश्लेषण गर्दा, यो केवल शहरी क्षेत्रहरूमा केन्द्रित देखिन्छ  , जेन-जि पुस्ताले ग्रामीण क्षेत्र  मेन स्टिम मेडिया र जेन-जि पुस्ताको समेत नजर पर्न नसकेका कयौ ठाउँ हरु छन जस्ले भ्रष्टाचार को कालो धब्बा लाई स्वर्णिम जलब लगायर टल्काइ रहेको छ , त्यस्तै कुहिरोको काग हराए झै अलमल भइरहेको जेन-जि लगायत कसैको नजर पर्न नसकेको   चौकुने गाउँपालिका पनि एक हो  तपाईं लाई झट्ट हेर्दा लाग्न सक्छ जेन-जि आन्दोलन ले छुन नसक्नु वा कुनै प्रभाव नपर्नु शान्त र मिलेको चौकुने हो भने तपाईं निश्चितरूपमा भ्रममा हुनुहुन्छ , २७ हजार जनसंख्या भएको  चौकुने  जम्मा जम्मी २७ जनाको कब्जामा छ , कम्तीमा ८५% गरिबी र भोकमरीले आकुलव्याकुल  चौकुने ९५%  बेरोजगारी ले थला परेको हो , ( यो राष्ट्रिय जनगणना २०७८ को डेटा होइन भौगोलिक अध्ययन र वास्तविक डेटा हो )  यहाँ मलामी जाने मलामी हरु समेत गाउमा छैनन  भने जेन-जि पुस्ता अहिलेपनी कालापाहाड , सिम्ला , लद्दाक लगायत   भारत का गल्ली गल्लिमा मजदुरी गरिरहेका छन , साच्चै चौकुने बनाउन सक्ने युवा जोस गाउमा नहुनु र युवाहरुको केन्द्रीकृत जनभावना जागृत नहुनु सबैभन्दा ठूलो समस्याका रुपमा बुझ्न सकिन्छ ।

म अनुरोध गर्न चाहन्छु, प्रिय जेन-जि साथिहरु दुर्गम भनिने र दुर्गम भावनाको नाममा उनीहरूले ठूलो भ्रष्टाचार गरिरहेका छन भने प्राकृतिक स्रोत साधन माथी दोहन समेत गरिरहेको कुरा तपाईं हरु अगाडि छर्लङ्ग छ ,  जनताको विरुद्धमा आफ्नो फोहोर राजनीति  चलाइरहेका छन तसर्थ प्रीय चौकुने का जेन-जि हरु  कुना कुना मा समेत  एक नजर दिनुहोस् र भ्रष्टाचार , जालझेल , र तिक्डम बाज जस्ता वैमनस्यताका भावनाको कालो बादल हटाइ स्वर्णिम चौकुने को सुन्दर परिकल्पना गर्नुहोस । दुर्गम र पिछडिएको साघुरो जनभावना सृजना गरि चौकुनेमाथि र चौकुने का हजारौं युवाहरू को भबिस्य संगै भावी पुस्ताको समेत जीवन वर्बादि तर्फ धकेल्न अभिप्रेरित गर्ने त्यस्तो टिम लाई परास्त गरि चौकुनेमा जेन-जि पुस्ताले स्थानीय सरकारको बागडोर समाल्नु आजको आवश्यकता हो भन्ने लाग्दछ , स्रोत साधन र प्राकृति रुपमा पुर्ण रहेको चौकुने का कयौ प्राकृति स्रोत साधन हरु आज खुल्लेयाम दोहन भएको हामिले देखिरहेका छौ र देखिरहने छौ , तसर्थ  आमूल परिवर्तन को यो घडिमा तपाइहरुले देखि रहनु भएको चौकुने र भोगिरहेको चौकुनेमा कुनैपनी परिवर्तन भएको छैन र यहि अवस्था रहे परिवर्तन हुने वाला पनि छैन भन्नेकुरामा दृस्ठिकोण बनाउनु आवस्यकता हुनजान्छ ,  साथै  बेलैमा युवा पुस्ता एक मात्रै आजको आवश्यकता हो  र त्यो निर्बिकल्प छ र रहनु पर्दछ भन्ने मेरो ब्यक्तिगत धारणा हो ,  साच्चिकै चौकुनेमा परिवर्तन असम्भव भने होइन त्यसका लागि हाल अगुवाइ गरिरहेका नागरिक समाजले समेत युवा मागलाइ ब्यवास्ता गर्ने छ तेस्को पनि सामना गर्दै चौकुने अगाडि बढ्न र बढाउन जरुरी छ । युवा एकरुपता परिवर्तनमा दृढता सामाजिक मनोभावनाको बिकास पहिलो सर्त हो यसैलाई आधार मानी सामाजिक सद्भाव कायम गर्दै सुनौलो चौकुने परिकल्पना र निर्माण सम्भव छ र त्यसको सुरुवात जेन-जि ले नै गर्ने छन भन्नेमा म  बिश्वत छु ।  हाम्रा कतिपय  बिचार र दृस्ठिकोणमा फरक पन भएता पनि बिकास र समृद्धि का सपनाहरुमा एकरुपता ल्याऔ समृद्ध चौकुने को परिकल्पना र निर्माण मा हातेमालो गरौ  जय नेपाल जय जेन-जि जय चौकुने ।