योजना तर्जुमा अभिमुखीकरण सम्पन्न, लैगिंक समानताका लागि ४ प्रतिवद्धता जारी


सुर्खेत : युरोपियन युनियन र संयुक्त राष्टसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निर्डस नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा संचालित लैगिंक समानताका लागि समाजिक जवाफदेहिता परियोजना अन्र्तगत सानीभरी गाउँपालिका वडा नम्वर ३ र ८ को समन्वयमा सहभागीतामुलक योजना तर्जुमा तथा लैगिंकमैत्री वजेट विनियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम २०८२ पुष ३ गते वडा कार्यालयको सभाहलमा छुटाछुटटै रुपमा सम्पन्न भयो ।
स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि वनाउने साथै योजना तर्जुमाका ७ चरण तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने उद्देश्यले आयोजना भएको सो अभिमुखीकरण कार्यक्रममा १ सय १० जना भन्दा वढी स्थानीय महिला पुरुष, स्थानीय जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष द्धय जगदिश नकाल र प्रेम विकको अध्यक्षतमा सम्पन्न भएको सो अभिमुखीकरण कार्यक्रम प्रो पव्लिकका पोष्ट केसी र वाईजीजीपि सुर्खेतका खगेन्द्र सिजापतिले सहजीकरण गरेका थिए । सो कार्यक्रममा वडा नम्वर ३ वडा अध्यक्ष जगदीश नकाल र वडा नम्वर ८ का वडा अध्यक्ष प्रेम विकले जहिले पनि लैगिंकमैत्री सेवा प्रवाह तथा वजेट विनियोजन गर्न, निर्णय तहमा महिलाको सहभागिता सुनिश्चितता गर्न, महिलाको आयआर्जन तथा रोजगारको लागि वार्षिक वजेट विनियोजन गर्न र आगामी दिनहरुमा योजना तर्जुमा वैठकमा महिलाको सहभागिता वृद्धि गर्ने र लैगिंकमैत्री वजेट निर्माणमा जोड दिने वताउनु भएको थियो ।
कार्यक्रमको अन्तमा महिला हिंसा अन्त र लैगिंक समानताका लागि हामी लडछौ लडछौ, वस्तीस्तरका योजना तर्जुमा वैठकमा महिला सहभगिता सुनिश्चितता गर्छौ गर्छौ साथै लैगिंकमैत्री वजेट विनियोजनाको लागि वडा तथा पालिकामा पैरवी गछौं गछौ, स्थानीय तहमा महिलाको सहभागिता र पारदर्शिता र जवाफदेहिता कायम गछौ गछौं जस्ता चार बुँदे प्रतिवद्धता सहित कार्यक्रम समापन भएको थियो ।