वर्षातले बिगारेको बाटो बनाउन डोजर लिएर अध्यक्ष भण्डारी गाउँमा !


सुर्खेत: सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारी वर्षातका कारण बिग्रिएका सडकको मर्मतमा जुटेका छन् ।
बराहताल गाउँपालिका वडा नं। १ देखि १० सम्मका वडामा निर्माण भएका ग्रामिण सडकहरु वर्षाका कारण अवरुद्ध भई नागरिकले सास्ती व्यहोर्नु परेको भन्दै भण्डारी आफैले मर्मतमा चासो देखाएका हुन् । १ जेसीबी र १ टिप्पर साथमा लिएर भण्डारी सडक मर्मतको कार्यमा जुटेका छन् ।