सुर्खेत: हेल्भीटास नेपालको आर्थिक सहयोग तथा ‘सुशासन प्रवर्द्धनका लागि युवा संस्था’(YGGP) को कार्यान्वयन तथा सहजीकरणमा सञ्चालित हाम्रो शहर परियोजना अन्तर्गत सोमबार सरोकारवालासँग वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
वार्षिक समीक्षाको प्रस्तुति गर्दै कार्यक्रम संयोजक सिजापतिले सिम्ता गाउँपालिकामा परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउने, सिकाइ र चुनौतीहरूबारे छलफल गर्ने तथा आगामी वर्षका लागि सरोकारवालाबाट सुझाव र पृष्ठपोषण प्राप्त गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। कार्यक्रममा सहभागीहरूले संस्थाले वर्षभरी सञ्चालन गरेका गतिविधि बारे जानकारी प्राप्त भएको बताउँदै हाम्रो शहर परियोजना प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । अध्यक्ष गोमा शर्मा (रेग्मी)ले परियोजनालाई अझ प्रभावकारी बनाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिन् ।
सिम्ता गाउँपालिकाकी उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्ता गाउँपालिकाका कार्यपालिका सदस्य, शाखा प्रमुखहरू, (YGGP)का कार्यकारी निर्देशक घनश्याम केसी तथा फिल्ड कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन हाम्रो शहर परियोजनाका व्यवस्थापक तथा कार्यक्रम संयोजक खगेन्द्र सिजापतिले गरेका थिए भने स्वागत मन्तव्य (YGGP) का कार्यकारी निर्देशक घनश्याम केसीले व्यक्त गरेका थिए ।

खुलानजर । १७ पुष २०८२, बिहीबार १७:०८