कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी ९नन ग्रेडिङ० उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।

एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

 

यसरी हेर्नुहोस् परीक्षाफल

विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए ।

उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३।६१ देखि ४ जीपीए ल्याएका छन् भने ३।२१ देखि ३।६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।

यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ ९एनजी० आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।