रातको समयमा मोटरसाइकल नचलाउन प्रशासनको आग्रह

सुर्खेतः जिल्ला प्रशासन सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्ग अन्र्तगत कोहलपुर–सुर्खेत सडक खण्डमा रातको समयमा मोटरसाइकल नचलाउन अनुरोध गरेको छ ।

जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको हो ।

प्रशासनकाअनुसार आइतरबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब तीन÷चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो । त्यसै विषयमा लिएर आफ्न्तले सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न मागहरु राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए ।

प्रशासनमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)लाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पांग्रे सवारी साधनको अगाडि÷पछाडि रही सञ्चालन गर्ने निर्णय गर्दै व्यवस्थाको लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ ।