कर्णालीमा पनि सरकार गठन गर्न आह्वान

सुर्खेत:  कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। बिहिबार प्रदेश प्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ।

कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।