ओलीले काँग्रेसलाई शत्रुतापूर्ण व्यवहार देखाए : उपसभापति खड्का

सुर्खेत:  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्माले ओलीले काँग्रेसलाईं शत्रुतापूर्ण व्यवहार देखाएकोे बताए ।
ओलीले दिएको विश्वासघात र धोकाले गठबन्धनभित्रका आठ दलहरुलाई ठूलो ज्ञान प्राप्त भएको जनाए ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेशलाई शत्रुतापुर्ण व्यवहार देदाउनुभयोे, तर त्यो कुरा वर्तमान प्रधानमन्त्रीज्यूले स्वीकार गर्नुभएन,’उपसभापति खड्काले भने, ‘ओलीजीले दिएको विश्वासघात र धोकाले गठबन्धनभित्रका आठ दलहरुलाई ठूलो ज्ञान प्राप्त भएको छ ।’
राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरूका लागि कर्णाली राजधानीमा आयोजित अभिमुखीकरणमा बोल्दै खड्काले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरे ।
उनले ५ वर्ष राजनीति गर्ने र कुनै पदका कारणले यो मिसनलाई फेल गराउन नसक्ने दाबी गरे । प्रधानमन्त्री प्रचण्डको भनाइलाई उद्धृत गर्दै खड्काले ओलीजीलाई पटक पटक भेटेर दुवैले कांग्रेसलाई भेट्ने प्रस्ताव रोखेको र सभामुख एमालेको छ, राष्ट्रिय सभा अध्यक्ष एमालेको छ, प्रधानमन्त्री आफैं रहेको र पहिलो दल कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव राखेको तर ओली नमानेको बताए ।
शान्ति प्रक्रियालाई बोकेर मुलुकलाई जनधनको क्षति पुर्याउनबाट जोगाएर १२ बुँदे शान्ति सम्झौता मार्फत संविधान सभाबाट संविधान बनाएको सारा कुरालाई बोक्ने, यसको रक्षा गर्ने पटकपटक परीक्षण दलका नेताबाट भएको खड्काले बताए ।
‘अब हामी एक ठाउँ उभिएनौं भने संविधान पनि रहँदैन, संघीय लोकतन्त्र गणतन्त्र पनि रहँदैन, मुलकको शान्ति प्रक्रिया पूर्णता पनि हुँदैन’, उनले भने, ‘यी सबै नरहनु भनेको नेपाल फेरि युद्धमा जाने, नेपालीले धान्न नसक्ने हिंसा हुने, नेपालीले धान्न नसक्ने परिणाम आउन सक्छ ।’
कर्णालीमा आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सुर्खेतमा अभिमुखिकरण गरिएको छ ।
राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आफ्ना प्रदेश, संघीय संसद अन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई प्रशिक्षण दिनका लागि अभिमुखिकरणको आयोजना गरिएके हो । अभिमुखिकरणमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका शिर्ष नेताहरुको सहभागिता रहेको थिायो ।
शुक्रबार दिउँसो २ बजे वीरेन्द्रनगरको सिद्दार्थ होटलमा आयोजना गरिएको अभिमुखिकरणमा आठै दलका विभिन्न शिर्ष नेताहरु र प्रदेश सांसदहरुको सहभागिता रहेको छ । शिर्ष नेतृत्वले आफ्ना सांसदहरुलाई बदलिँदो राजनीतिक अवस्था, भावी रणनीतिका साथै राष्ट्रपतिमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेललाई राष्ट्रपतिमा विजयी गराउनु पर्ने आवश्यकताका बारेमा प्रशिक्षण दिइएको छ ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा फागुन १२ गते बनेको आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।