कोहलपुरमा दुग्धजन्य पदार्थको मूल्यमा वृद्धि


शिवानी वि.क.
बाँके: कोहलपुर डेरी एशाेसियसन संघ बाँकेले चैत आइतबारदेखि लागू हुनेगरी दूधजन्य पदार्थको मूल्यमा वृद्धि गर्ने भएको छ । संघले एक सूचना जारी गर्दै बाँकेमा प्रतिलिटर दुधमा १५ रुपैयाँ बृद्धि गरेको हाे । यो संगै बाँकेमा दुध र दुग्धजन्य पदार्थको मूल्य बढेर आउने भएको छ । बाँकेमा दुध र दुधबाट निमार्ण हुने बस्तुको पनि मूल्य बढ्ने भएको हो । दूध जन्य व्यवसायी, डेरी उद्योगी, भैंसी फर्म किसानहरूको शनिबार बसेको बैठकले गुणस्तरीय दूध मात्र बजारिकरण गर्ने निर्णय गरेको छ । सरकारले गत फागुन १९ गते निर्णय गरेर दुधको मूल्य वृद्धि गरेको थियो । सोही निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले गएको फागुन २५ गते कृषकहरुको दुग्ध उत्पादन सामाग्रीहरु, पशु आहारहरु, श्रमीक ज्याला, मुद्रास्फिर्ती तथा उद्योग व्यवसाय व्यवस्थापन लगायत उत्पादन लागतमा भएको मूल्य वृद्धिले गर्दा दुध तथा दुग्धजन्य पदार्थको मूल्यमा मूल्यमा वृद्धि गरिएको जनाएको छ । कोलहपुरका उपभोक्तालाई गुणस्तरीय दुधजन्य पदार्थ पुर्याउन पहल गरिने कोहलपुर डेरी एशाेसियसन संघ बाँकेले जनाएकाे हाे ।
जसमा होल दुधको मूल्य प्रतिलिटर १०० रुपैयाँ , स्टेन्डर दुधको मूल्य प्रतिलिटर ९६ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी सादा दहीको प्रतिलिटर १४० रुपैयाँ, मिठ्ठा दिहीको १६०, दही प्रतिकप २५०, एमएल ५०, पनीर प्रतिकिलो ८५०, घ्यू प्रतिकिलो १४००, क्रिम प्रतिकिलो ८००, खुवा प्रतिकिलो १२००, नौनी प्रतिकिलो ११५०, बदाम मिल्क प्रतिकिलो २५०, एमएल ८० र मही प्रतिलिटर ७० रुपैयाँ कायम गरिएको छ ।