बाल अधिकार समूह पुर्नगठनसहित कोष हस्तान्तरण

 सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना र सूर्य प्रकाश सिर्जनशील बाल अधिकार समूहको समन्वयमा पञ्चपुरी नगरपालिका– २ स्थित सूर्यप्रकाश माध्यमिक विद्यालयमा बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना निर्माण सम्पन्न गरिएको छ ।
सूर्यप्रकाश माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूको भेलाले १३ सदस्यीय बाल अधिकार समूह पुर्नगठन गरिएको हो । जसको अध्यक्षमा विष्णु कँडेल उपाध्यक्षमा बिमला बुढा, सचिव सिम्रन पाण्डे, सह सचिव भुवन रेग्मी र कोषाध्यक्षमा सरिता जैसी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा धर्मराज कँडेल, सीता श्री परियार, मनिषा रेग्मी, गरिमा कँडेल, राजन भण्डारी, दिनेश पौडेल, ईश्वर पूरी र साबित्रा बुढा चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै सूर्यप्रकाश माध्यामिक विद्यालयका प्रधानाध्यापाक टीकाराम बास्तोलाले बालबालिकाले आफ्नो अधिकारका निम्ति आफैं लड्नुपर्ने र अधिकार सँगसँगै कर्तव्य पनि नभुल्नपर्ने बताए ।
बाल अधिकार समूह पुर्नगठनले बालिकाहरू आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न जरुरी रहेकाे बताए ।
उनले विद्यालयमा बालबालिकालाई परेका समस्या थाहा पाएसम्म समाधान गर्ने बताए। बाल समूहलाई विद्यालयको तर्फबाट सहयोग गर्ने बताए ।
उनले चयन भएको नयाँ समितिले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदका सवालहरुमा अझै धेरै जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै नयाँ कार्य समितिलाई कार्यकालको शुभकामना समेत दिए । त्यस्तै गठन गरिएको समूहले एक वर्षको कार्ययोजना पनि तयार पारेको छ । कार्ययोजनामा पुष महिनामा वक्तृत्वकला, माघमा निबन्ध लेखन, फागुल्नमा कविता बाचन, बैशाखमा सडक नाटक, जेठमा चित्रकला प्रतियोगिता, असार महिनामा गायन प्रतियोगिता र भदौ महिनामा सडक गर्ने गरी कार्ययोजना तयार परेका छन् । कार्यक्रमको सहजीकरण इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले गरेकी थिइन् । उक्त कार्यक्रममा सूर्यप्रकाश माध्यामिक विद्यालयमा बाल अधिकार समूह परिचालनकोष बाफत ३५ सय रुपैयाँ विद्यालयका प्रधानाध्यापक टीकाराम बास्तोलालाई हस्तान्तरण समेत गरिएको हो ।
त्यस्तै साथै विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी–५ बाल अधिकार समूह परिचालन कोष बाफत ३५ सय रुपैयाँँ विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरिएको छ ।