पृथ्वी जयन्तीको अवसरमा PVP Nepal द्वारा सुर्खेमा खुल्ला भाषण कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वीरेन्द्रनगर ईकाइ समितिले खुल्ला भाषण कार्यक्रम सम्पन्न गरेको छ 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसरमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर ६, वीरेन्द्र चोक नजिक पिपल चौतारीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा फरक फरक विद्यालय, क्याम्पस बाट ९ जनाले विद्यार्थीहरुले आफ्नो फरक फरक विषयमा मन्तव्य राख्नु भएको थियो। कार्यक्रम जयन्ती सिंह, दिपक टमट्टा, लक्ष्मण सिंह, युवराज ऐडी, मोहन सुनार, विनोद खनाल,करिश्मा शाही,सरस्वती सिंह र आकांक्षा भट्टराईले आफ्नो फरक फरक विषयमा आफ्नो मन्तव्य राख्नु भएको थियो।

विद्यार्थी परिषद्का वीरेन्द्रनगर सह- सचिव जयन्ती सिंहले सन्चालन गर्नु भएका कार्यक्रममा प्रदेश सदस्य लक्ष्मी कोइराला ज्यूले विद्यार्थी परिषद् बारे बताउनु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परिषदका सुर्खेत जिल्ला संगठन सचिव एबं कर्णाली प्रदेश सदस्य बिरजित बोहराले कार्यक्रम स्वागत मन्तव्य सँगै उपस्थित हुनुभएका सम्पूर्णलाई हार्दिक धन्यवाद तथा पृथ्वी जयन्तीको शुभकामना दिनु भएको थियो । सोही कार्यक्रम परिषदले देश व्यापी रूपमा विभिन्न तरिकाले मनाइरहेको उहाँले बताउनु भयो ।

सो कार्यक्रममा विद्यार्थी परिषद्का कार्यकर्ता एबं समाज सेवी, धार्मिक व्यक्तित्व लगायतका व्यक्तित्वहरुको व्यापक उपस्थिती रहेको थियो ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा बनेका थिए। सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।