बुवाआमा गुमाएका बेसहारा बालबालिकालाई जुट्यो साढे सात लाख सहयोग

सुर्खेत: पञ्चपुरी नगरपालिका–११ का अभिभावकविहिन चार जना बालबालिकालाई सात लाख ३४ हजार ५५७ हजार रुपैयाँ सहयोग जुटेको छ । आमाबुवाको मृत्यू भएपछि मनसरा विक, शंकर विक, कपिल विक र कविता विकको सहयोगका लागि उक्त रकम जम्मा भएको हो ।
समाजसेवी प्रेम सुनार र ललित सुनारको पहलमा विभिन्न सहयोगीदाताहरुले देश विदेशबाट उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम उनीहरुकाे नामबाट बैंकमा खाता खाेली जम्मा गरिएको समाजसेवी सुनारले बताए ।
समाजसेवी प्रेम सुनारले शुक्रबार वडा नम्बर–११ का वडाअध्यक्ष धनबहादुर माझी र स्थानीयहरुको सहभागितामा सहयोग भएको रकम सार्वजनिक गर्दै यस अभियानमा सहयोग गर्ने पत्रकार, अभियन्ता, कर्मचारी र सहयोगीदाताहरुलाई धन्यवाद दिएका छन् । बालबालिकालाई कोपिला भ्यालीको सहकार्यमा अध्यापन गराइने सुनारले बताए । दाताहरुकाे सहयाेगले चार बालबालिकाकाे भविष्य बनाउन सहज भएकाे उनकाे भनाइ छ ।