‘हामीलाई कसैले हराउन सक्दैन, मिसन ८४ जनताले सफल गर्छन्’

विगत लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय युवा नेता हरिप्रसाद अधिकारी एकाएक रास्वपामा प्रवेश गरे । जसले नेकपा एमालेमा तरङ्ग फैलियो । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश कार्य सम्पादन समितिको सचिव तथा प्रवक्ताको भूमिकामा छन् । उनै प्रवक्ता अधिकारीसंग राष्ट्रिय पार्टीको वर्तमान अवस्था भावि उद्देश्यका विषयमा खुलानजरकर्मी जिवन तिरुवाले गरेको कुराकानी :


१.खासमा तपाई एमाले पृष्ठभूमिको मान्छे, किन एकाएक रास्वापातिर ढल्कनु भयो ?
रास्वपा आफैमा परिवर्तनका लागि स्थापित राजनीतिक दल हो । सयौ वर्ष सम्म यो देश बन्न सकेन । कर्णाली १८३१ मा आत्मनिर्भर थियो । आज ५२ प्रतिशत बढि निरक्षरता छ भने झण्डै ४० प्रतिशत गरिवीबाट ग्रसित प्रदेशमा हामी छौं । पराम्परागत राजनीतिक दलहरुसँग विकासका एजेण्डा नै छैनन भन्दा हुन्छ । अव बैचारिक रुपान्तरणका माध्यमबाट मात्रै यो देश बनाउन सकिन्छ भन्ने लागेर म रास्वपामा सक्रिय भएको हुँ ।

२. रास्वपाले अब कर्णालीमा कसरी काम गर्छ ?
अन्य राजनीतिक दलका सबै तहका नेताहरुले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गरि सके तर कर्णाली झन पछाडि परे जस्तो लाग्छ । अव कर्णाली बनाउने साच्चिकै एजेण्ड हामी संग छन । विकृति विसंगतिको डंगूर भै सक्यो प्रदेशमा एमाले काग्रेस र माओवादीले नेतृत्व गरि सके तर आज पुर्वाधारको क्षेत्र होस, मानव विकासको क्षेत्र होस,रोजगारी, शिक्षा स्वास्थ्य खानेपानी, पर्यटन, वन विकास, उद्योग सन्चार आदि क्षेत्रमा कुनै पनि उल्लेख सुधार भएको पाइदैन यसका पछाडि पुराना दलका कारण यो प्रदेश पछाडि परेको भन्ने घाम झै छर्लङ्ग छ । यस कारण अव हामी संगठन निर्माण संगै विकास निर्माणको स्पष्ट खाका ल्याएर विकसित कर्णाली समृद्ध कर्णाली र सुखारी कर्णालीका लागि रास्वपा कार्य गर्ने र सोही अनुसारको योजना निर्माणमा कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छु ।

३. भर्खरै मात्रै तपाईंहरुको प्रदेश कार्यसम्पादन समिति चयन भएको छ ? आगामी रणनीति के छ ?
२०८१ भदौ १५ गते कर्णाली प्रदेश अझ हाम्रो पार्टीका लागि ऐतिहासिक दिन हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछाने र महामन्त्री कविन्द्र बुर्लाकोटीको उपस्थितिमा हामीले भब्य र सभ्य कर्णाली भेला गर्न सफल भएका छौ । नेता मदन खडकाको नेतृत्वमा हामीले ९ सदस्ययीय पार्टी कर्णाली प्रदेश कार्यसम्पादन समिति चयन गरेका छौ । अव हाम्रो ध्यान कर्णालीमा पार्टी संगठन निर्माण गर्ने कर्णालीका बारेमा मात्रै रातदिन लाग्ने गरि योजना बनाउदै छौ । अव जिल्ला र पालिका समिति गठनको चरणमा छौ । असल योग्य र क्षमतावान ब्यक्तिहरुको नेतृत्वमा समृद्ध कर्णाली बनाउने गरि हामी कार्य गरिरहेका छौ भने मिसन २०८४ सफल बनाउन जनतासंग हातेमालो गर्दै छौ ।

४. खासमा यहाँहरुको मिसन ८४ के हो ? यसले के सन्देश दिन्छ ?
अन्य राजनीतिक दल संग अहिले स्थानीय तह, प्रदेश सरकार छन हामीले विगतमा स्थानीय र प्रदेशको निर्वाचनमा सहभागिता भएनौ । अन्य दलसंग त स्थानीय र प्रदेशमा आफ्ना जनप्रतिनिधिहरु छन भने केद्रमा सरकार छ । उनीहरुका लागि मिसन ८१, ८२, ८३ अनि ८४ हुनु पर्ने उल्टो उनिहरुका काम गर्ने योजना र सोच अभावले काम गर्न सक्दैनन भन्ने पुष्टि भैसकेको अवस्थामा मिसन ८४ हाम्रा लागि मात्रै हो भन्ने लाग्छ । अव स्पष्ट भै सक्यो आम जनताको भरोसामा हामीले मिसन ८४ सफल पार्न सक्छौ भन्ने लाग्छ पार्टी दर्ता भएको ४ महिनामा २१ सिटसहित देशको चौथो दल भयौ भने अव हामीलाइ कसैले हराउन सक्दैन तपाइलाई जानकारी होला दैनिक अन्य दलबाट स्वतन्त्र हु्ने क्रम जारी छ । देश परिवर्तनको मुद्धा हामी बाहेक अन्य दलका पुराना मक्की सकेको अवस्था छ ।

५. तपाईको पार्टीमा विवाद कि व्यक्तिमा ?
रास्वपामा नत पार्टीमा नत ब्यक्तिमा विवाद छ । यो त परिवर्तनको एजेण्डा रोक्नका लागि पार्टी सभापति माथि गरिएको फण्डा मात्रै हौ । समय क्रमले विस्तारै पुष्टि हुदै गएको छ । देश बनाउनका लागि अव आम जनताले पक्कै पनि हामीलाइ साथ दिने नै छन् ।

६. तपाईंहरु पनि सत्ताकै लागि हो भन्ने चर्चा छ । अरु दलभन्दा कसरी रास्वपा फरक छ?
त्यसको जवाफ त रास्वपाबाट ४ जना मन्त्रीले ४ महिना छोटो अवधिमा मात्रै मन्त्रालयको नेतृत्व गर्दा दिइ नै सके । अव २०८४ पछि यो देशमा सुशासन स्थापना, भष्टाचार नियन्त्रण, दिगो विकास र रोजगारीका लागि अभियान र नेतृत्वको वर्ष भन्ने मा हामी ढुक्क छौ । ५० औ वर्ष शासन गरेका जो कोही नेताहरुबाट देश बन्दैन भन्ने पुष्टी भै सकेको छ । यस कारण मिसन ८४ अरु राजनीतिक पार्टीका लागि होइन यो त रास्वपाका लागि मात्रै हो भन्ने आम बुझाइ हुन जरुरी भै सकेको छ ।

७. तपाईहरुको मिसन ८४ सफल हुने आधारहरु के के छन् ?
सब भन्दा ठुला त जनता हुन् । जनता भगवान हुन् यस कारण पार्टी दर्ता भएको छोटो अवधिमा १२ लाख बढि मत प्राप्त भयो भने अब त हामीलाइ बुझि सकेका छन मिसन २०८४मा स्पष्ट बहुमत सहितको सरकार रास्वपाको हुन्छ ।
आम जनता, युवाहरुको जनबोली नै अव रास्वपा भन्ने भै सकेको छ । यो देश किन पछाडि परयो भन्ने सबैलाइ जानकारी भै सक्यो भने परिवर्तनका लागि अव जनताले सहयोग गदैनन भन्ने हुनै सक्दैन ।
नेपाललाइ विकसित बनाउने कर्णालीलाइ समृद्ध बनाउने हो भने अब हामी अल्मलिनु हुदैन भन्ने लाग्छ । अवको जनमत हाम्रा लागि नै हो । पत्रकार जगतदेखि सबै क्षेत्रका लागि सोच विचार गरेर अव रास्वपा भन्ने बनाउन तपाइ जस्ता सन्चार माध्यमको अहम भूमिका रहन्छ ।

८. कर्णालीको विकास र समृद्धिमा रास्वपाको भूमिका के ?
अन्य दल सावित भै सके अव तिनका जो सुकै नेताले नेतृत्व गरे पनि कर्णाली बन्दैन भन्ने ।त्यसो हो भने अव रास्वपा संग सुशासन, भ्रष्टाचार नियन्त्रण , सहभागित मुलक शासन, विकासको खाका, रोजगारीको अवधारणा हामी संग छ त्यस कारण को कर्णालीको विकास सुशासन र समृद्धिका लागि रास्वपाको नेतृत्व हर क्षेत्रमा हुन आवश्यक छ यसैका लागि पार्टी योजना निर्माण गरिरहेको छ ।

९. स्थानीय र प्रदेशको निर्वाचनप्रति यहाँहरुको धारणा फरक छ, खासमा यस्तो किन, के तपाईहरु संघीयता विरोधी हो ?
रास्वपा स्पष्ट छ हामी नेपालको संविधान २०७२ लाइ स्विकार गरेका छौ । हामी संघियता विरोधी होइनौ तर आजै तौरतरिका बाट यो मुलुक बन्दैन भन्नेमा समेत स्पष्ट छौ । यसका कारण हाम्रो पार्टीको असोज १ र २ गते राष्ट्रिय सम्मेलन हुदै छ भने आगामी बैशाखमा राष्ट्रिय महाधिवेशन हुदै छ अरु शासकिय संरचना लगाएत तमाम संरचना बारे हामी आम जनतालाइ स्पष्ट गछौ । अव देश बनाउने एजेण्डामा कसैसंग सौदाबाजी गर्दैनौ भन्ने पनि स्पष्ट छ ।

१०. युवा पुस्ता लगाएत एमालेमा तपाइको प्रभाव र लोकप्रियता राम्रो नै थियो । रास्वपामा किन सक्रिय हुनु भएको पद लोभी भए जस्तो लाग्दैन ?
वैचारिक कुरा हो । एमालेका नेता लगाएत संग मेरो राम्रो सम्बन्ध छ नै । जुन एमालेमा देखिएको गुटबन्दी, परिवारवाद आफन्तवाद छ त्यसले त्यो पार्टीको पनि भलो गदैन । योग्यता क्षमता भन्दा नि चाकरवाद रुचाउछन नेताहरु । तमाम जनवर्गिय संगठन निर्माण गरेर सरकारमा भएका बेला तिनमो योग्यता क्षमताको उपयोग होइन निर्वाचनमा प्रयोग गर्ने साधनमा रुपमा दिएको छ । यस कारण आज प्रदेश सरकार, स्थानीय सरकार उनिहरु कै छ । राज्यको पैसा लिएर सबै भन्दा सुर्खेतमा सुविधा सम्पन्न पार्टि कार्यालय उसैको छ तर त्यहा हुने छलफल देश विकासका लागि होइन केहि आफन्त फगत गुटगत छलफल मा केन्द्रित छन । उसले लिएका निति विचार देखाउने दात भएकाले देखावटी कम्युनिष्ट बन्न मन लागेन र म बहुलवादमा आधारित लोकतन्त्रका पक्षमा उभिएको हु ।

११. अन्त्यमा केही छ ?
हामी जान्नेलाइ छान्न पार्टीका कार्यकर्ता हौ । लोकतन्त्र स्थापनाका लागि क्रियाशिल छौ । लोकतान्त्रिक मान्यतालाइ मुल मान्यता बनाएका छौ ।
अव हामी एक घर एक पार्टी सदस्य बनाउने र बन्न कर्णाली बासीलाइ यस अभियानमा जोडिन हामी अपिल गर्दछौ । हामी अनलाइनमा गै आफै जो जहा छौ घरबाटै पार्टी सदस्यता भर्न अपिल गर्दछौ । देश बनाउन होस कर्णाली बनाउनका लागि सबै मिलेर एक पटक रास्वपालाइ अबको जनमत जाहेर गर्न हामी अपिल गर्दछौ ।