सुर्खेत: संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपाल उद्यम गरी बसेका उद्यमी लक्ष्मीप्रसाद ढकाल पुरस्कारसहित सम्मानित गरिएकाे छ । ढकाललाई मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सरदसिंह भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । विदेशबाट फर्किएर स्वदेशमै व्यवसायमा संलग्नहरूलाई मन्त्रालयले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सम्मानित भएका ढकाल सुर्खेतमा देउती होजियारी उद्योग ऐन ट्रेडिङ सेन्टर प्रा.लिका सञ्चालक हुन् । ढकालले पाएकाे पुरस्कारको राशी नगद ७५ हजार रहेकाे छ । मन्त्रालयले पुरस्कार वितरणका लागि देशभरिबाट आवेदन माग गरेको थियाे । तिमध्य ७२ जनाले आवेदन गरेका थिए। विभिन्न छनोटहरू प्रक्रिया पूरा गर्दै कर्णालीबाट उद्यमी ढकालले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।
खुलानजर । १८ असार २०८२, बुधबार ०९:२४