
सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्यासहित सबै काण्डहरुको छानबिन हुनुपर्ने बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सबै काण्डहरुको छानबिन हुनुपर्ने राप्रपाको माग भएको बताएका हुन् । ‘नेपालमा जति पनि काण्डहरु भएक छन् । यी सबैको छानबिन हुनुपर्ने हाम्रो पार्टीको माग छ । या त राजदरबार हत्याकाण्ड होस्, या त नक्कली भुटानी शरणार्थी जस्तै अन्य चर्चित काण्डहरु । यी सबैको छानबिन गर्न आवश्यक छ । त्यसमा हाम्रो पुर्ण समर्थन रह्नछ ।’ उनले अहिले देशमा तमाम भ्रष्टाचारका काण्डहरुको निस्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने राप्राको माग रहेको बताए । यस्तै राष्ट्रिय प्रजातन्त्रका पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा ४८ सिट क्षमताका विमान अवतरण हुने खालको विमानस्थल निर्माण गर्न लागेको बताए । उनले २०२९ सालपछि पहिलो पटक जुम्ला विमानस्थल विस्तार गर्न लागेको बताए । उनले पर्यटनलाई प्रवद्र्धन गर्न ठूला सिट क्षमताको विमानस्थल जरुरी रहेको र त्यसका लागि प्रक्रिया शुरु गरिएको बताए । मन्त्रीपरिषद्ले विमानस्थल विस्तारका लागि निर्णय गरिसकेको र बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको शाहीले जानकारी दिए ।
खुलानजर । १४ जेष्ठ २०८०, आईतवार ११:१४