सत्ता र प्रतिपक्ष सांसदकाे एउटै स्वर ‘विगतका कमजोरी सुधार गर्दै बजेट ल्याउँ’

सुर्खेत : मंगलबार कर्णाली प्रदेश सभाको १० औं अधिवेशनको पहिलो बैठक बसेको छ । बैठकमा बोल्दै दलका नेताहरुले चालू आर्थिक वर्षका लागि ल्याउने बजेट विगतमा भएको कमी कमजोरीलाई सुधार गरेर ल्याउनु सुझाव दिएका छन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर यस पटकको नीति तथा कार्यक्रम र बजेट सुधार गरेर ल्याउन आग्रह गरे ।
‘यस अघिको वर्षमा अध्यादेशबाट बजेट ल्याइएको थियो । उक्त बजेट साना–साना टुक्रे योजनाका लागि केन्द्रीत भएर विनियोजन समेत गरियो । त्यसको लागि हाम्रो दलले तत्काल खबरदारी ग¥यौं र रोक्न सफल पनि भयौं,’उनले भने, ‘ त्यसैले यस चालू आर्थिक वर्षको बजेट ल्याउदा पूर्वनै विचार पु¥याउन जरुरी छ ।’
नेता कँडेलले कर्णाली प्रदेश सरकारले ल्याउने बजेट विकास गर्न नभई खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रहेको टिप्पणी गर्दै यसपटक विगतका ती श्रृखलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुने उल्लेख गरे ।
यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले संघीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन आवश्यक रहेको बताईन् ।
‘प्रदेश सरकार गठन भएदेखि हालसम्म संघीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरुप प्रदेश सरकारले काम गर्न सकेन्,’ शाहले भनिन्, ‘चार वर्षको अवधिमा केही सफलता पनि मिले पनि कतिपय काम अधुरै रहेका छन् ।’

यस्तै, नेपाली कांगे्रसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबीच छलफल र सहकार्य गर्न कांग्रेस सधैं तयार रहेको बताए । श्रेष्ठले विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर साथै प्रतिपक्षीलाई विश्वासमा लिएर नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले कर्णाली प्रदेशमा दिनप्रतिदिन मौलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले तत्काल एक्सन लिनु पर्ने बताईन् । प्रदेशसभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो तीन बजे बस्ने गरि स्थगित गरिएको छ ।