कला संस्कृतिको जगेर्ना गर्न लाेकगित र नृत्य प्रतियोगिता


ललिता विश्वकर्मा ओड
सुर्खेत: शिक्षा विकास निर्देशनालयको आयोजनामा कर्णाली प्रदेश स्तरीय विद्यालय तहको विद्यार्थी पहिचान कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रदेश स्तरीय एकल लोकगित तथा एकल लोक नृत्य प्रतियोगिता भएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका नौ वटा जिल्लाबाट सहभागी भएका थिए ।
प्रत्येक जिल्लाबाट नृत्यका लागि एक जना र गायनका लागि एक जना गरी १८ जनालार्ई सहभागी गराइएको थियो ।
लोक नृत्य र लोकगीत प्रतियोगिता दुवैमा प्रथम स्थान जुम्लाले हात पारेको छ । एकल लोक गीत प्रतियगितामा प्रथममा जुम्ला, दोस्रो पश्चिम रुकुम, तेस्रोमा कालिकोट र चौथो डोल्पा भएको थियो । भने लोक नृत्यमा प्रथम जुम्ला, दोस्रो दैलेख, तेस्रोमा सुर्खेत र चौथोमा कालिकोट भएको छ ।
कार्यक्रममा प्रथम हुनेलाई प्रमाण पत्र सहित २१ हजार नगद पुरस्कार दिएको छ । दोस्रो हुनेलाई प्रमाण पत्र सहित १६ हजार प्रदान गरेको छ । यस्तै तेस्रो हुनेलाई ११ हजार, सान्तवना आउनेलाई ५ हजार नगदसहित प्रमाण पत्र दिएको छ ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीमा लुकेर रहेका कलालाई उजागर गर्ने उद्देश्यले सरकारले आगामी दिनमा विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
उनले कर्णाली प्रदेशमा रहेको लोक कला संस्कृतिको जगेर्ना गरी कर्णालीका प्रतिभालाई राष्ट्रिय स्तरमा बनाउने उद्देश्य रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष छबिलाल सिग्देलले पछिल्लो समय कला, संस्कृतिलाई बचाईराख्न यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।
यस्ता कार्यक्रमले कर्णालीको कला र सांस्कृतिलाई चिनाउन सकिने उनको भनाई छ ।
शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले कर्णालीको कला संकृतिको जगेर्ना गर्न यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइन् ।