भैरव माविकाे अध्यक्षमा गंगाराम तिमिल्सेना


सुर्खेत : भैरव माध्यामिक विद्यालय वीरेन्द्रनगर -४ भैरवस्थान सुर्खेतकाे  विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा गंगाराम तिमिल्सेना चयन भएका छन् ।
तिमिल्सेनाकाे अध्यक्षतामा नयाँ समिति चयन भएकाे हाे । तिमिल्सेनाले विद्यालयकाे शैक्षिक एवं भाैतिक पूर्वाधार र शैक्षिक गुणस्तर विकासका लागि अहाेरात्र खटिने बताए । उनले विद्यालयलाई नमूना विद्यालयकाे रुपमा विकास गरि अगाडि बढाउने प्रतिवद्दता व्यक्त गरे ।
कार्यसमिति सदस्यमा पार्बती धौलाकोटी,  गणेशमान खनाल, कमला गैरे, चन्द्रा विक, बिष्णु प्रसाद चालिसे चयन भएका छन् भने सदस्य सचिवमा साेही विद्यालयका प्राधानाध्यापक भक्तबहादुर जिसी चयन भएका हुन् ।
यस्तै समितिले  निलकण्ठ खनाल र कालुराम धौलाकोटीलाई सल्लाहकार समितिमा चयन गरेकाे छ ।