बलात्कार घटनामा वडाध्यक्ष पक्राउ

सांकेतिक तस्बिर

सुर्खेत: २८ वर्षीया महिलालाई ०८३ वैशाख २० गते बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले वैशाख २२ गते आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख २३ गते पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीले बताए । उनका अनुसार आरोपितलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिएको छ । पीडितको स्वास्थ्य परीक्षण वैशाख २३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भयो । अरोपितले पटक–पटक धम्क्याउँदै बलात्कार गर्दे आएको पीडित महिलाको भनाई छ ।