
सुर्खेत: २० वर्षीया युवतीलाई ०८२ असोज ३० गते बलात्कार प्रयास गरेको आरोपमा फरार रहेका सिम्ता गाउँपालिका–६ का २३ वर्षीय मिलन सुनारलाई प्रहरीले बुधबार पञ्चपुरी नगरपालिका–५ बाट पक्राउ गरेको छ । पीडितले ०८२ कात्तिक २ गते आफुलाई बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आरोपित विरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि आरोपित फरार रहेका थिए । पक्राउ गरिएका आरोपितलाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी कविन्द्र सिंह बोहोराले जानकारी दिए ।

खुलानजर । २१ श्रावण २०८३, बिहीबार १०:४५