चिरपट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत: गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरका ६२ वर्षीय मान बहादुर राजीलाई ०८३ कार्तिक १० गते टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय मैते भन्ने टेक बहादुर बिकलाई सोही दिन पक्राउ गरेको छ । चिरपट प्रहारबाट टाउको र बाँया खुट्टामा चोट लागि घाइते भएका पीडितलाई प्रदेश अस्पताल सुर्खेत ल्याएपछि प्रदेश अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरेको थियो । घाइतेलाई अस्पताल पुर्याउँदा कार्तिक १० गते नै मेडिकल कलेजले मृत घोषणा गरेको थियो । शवको पोष्टमार्टम गर्नका लागि कार्तिक ११ गते मेहेलकुना अस्पताल सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सुचना आधिकारी इन्स्पेक्टर श्याम प्रकाश यादवले बताए । उनका अनुसार कुटपिट गर्नुको कारण खुलेको छैन । आरोपितमाथि अनुसन्धान भइरहेको छ ।