बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियाः बर्दिया जिल्लाको मधुवन नगरपालिकामा बाघको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ। मधुवन नगरपालिका–२ अमरपुर बस्ने ६१ वर्षीया झूठारू थारुको मृत्यु भएको हो।

थारूको कुस्मिनिया सामुदायिक वन भित्र घरपालुवा जनावर चराउन गाएको बेला बाघको आक्रमणमा परी मृत्यु भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिए।

थारुको एउटा खुट्टा अलग्गै अल्गिएको अवस्थामा जंगलमा भेटिएको छ। हिजो मात्र सोही क्षेत्र नजिक बाघले एक जना पुरुषलाई आक्रमण गरेको थियो तर, ती पुरुषले आफुलाइ बचाउन सफल भएका थिए।

बर्दियामा बाघको संख्या वृद्धि सगै मानिसको दैनिकीमा केही समस्या उत्पन्न भएको छ।