ढुंगाको पत्थरले छाएका परम्परागत घरहरु : फोटो कथा

सुर्खेतः दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ उम स्थित पत्थरले छाएका सयौं वर्ष पुराना परम्परागत घरहरु । स्थानीय नरसिंह मल्लका अनुसार परमपरागत रुपमा ढंगा, माटो र काठबाट बनाइएका घरहरुमा पत्थरले छाउने चलन थियो । मल्लका अनुसार धेरै टाढा–टाढाको खानीबाट दिनहुँ गाउँलेहरु मिली डोकोमा बोकेर पालैपालो सबैका घर बनाउने बेला पत्थर ल्याउँथे । पछिल्लो समय सिमेन्ट र इट्टाबाट स्थानीयले घर बनाउँदा, जस्ता पाताले छाउँदा पत्थर र खरले छाएका घरहरु लोप हुँदै गएका छन् ।
फोटोहरु :