गुराँसकी गायीका सम्झना विश्वकर्माको ‘पिरै पिरमा बजारमा

 

दैलेखः हिँदु नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा गायीका सम्झना विश्वकर्माको मौलिक तिज गीत ‘पिरै पिरमा’ सार्वजनिक भएको छ । दिदीबहिनी जम्मा भएर एकआपसमा वर्षभरीका पीर, व्यथा सातासात गर्ने पर्व तिजमा पछिल्लो समयमा केही अशोभनीय शब्दहरुको प्रयोगसँगै तिजका नाममा विकृति भित्रीरहेको बेलामा मौलिक शब्द, लयमा उक्त गीत बजारका आएको हो ।

गुराँस गाउँपालिका, सेरी दैलेखका प्रकाश विश्वकर्माको मौलिक शब्दमा, गुराँसकै गायीका सम्झना विश्वकर्माको कर्णप्रिय स्वरमा पीरैपिरमा गीत साउन १४ गते शनिबार पिएन्बि एच्डी युट्युब च्यानलमार्फत सार्बजनिक भएको हो । उक्त गीतमा प्रकाश विश्वकर्मा, लक्ष्मि सिर्पाली र मिरा विश्वकर्माको उत्कृष्ट अभिनय देख्न पाईन्छ । छोटो समयमा उल्लेख्य भिउज बटुलेको उक्त गीत अहिले टिकटक लगायतको सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।