कर्णालीमा भ्रष्टाचार विरुद्धको प्रथम सम्मेलन हुँदै

सुर्खेत : कर्णालीमा भ्रष्टाचार विरुद्ध प्रथम प्रदेशस्तरी युवा सम्मेलन हुने भएको छ ।
बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले यही असाेज ८ गते प्रदेशकाे राजधानी सुर्खेतमा भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली युवा सम्मेलनको आयोजना गर्न लागिएको हाे ।
सम्मेलनमा प्रदेशका १० वटै जिल्लाका झण्डै सात सय भन्दा बढी युवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णालीमा बढिरहेको बढ्दो अनियमितता र भ्रष्टाचार बिरुद्ध युवाहरूको भूमिका, भ्रष्टाचार न्यूनीकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले जानकारी दिए ।
उनले भ्रष्टाचार विरुद्धको युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागी गराउन याे सम्मेलन गर्न थालिएको संयाेजक शाहीले बताए ।
                                                                      `भ्रष्टाचार विरुद्धको युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्देश्य हाे,`उनले भने, ` उक्त सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत् प्रभात फेरी, खुल्ला छलफल र विभिन्न प्रस्तुतिकरणहरु रहेका छन् ।`
प्रदेशस्तरीय सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र जारी समेत गर्ने छ । कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ता, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरुकाे सहभागीता रहने छ ।