प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा बहु–सरोकारवालासँग संवाद


जुम्ला: जुम्लाको गुठीचौरगाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको मुद्दाहरू सम्बोधन गर्न बहु–सरोकारवालाहरूलाई एक दिने संवाद कार्यक्रम सोमवार सम्पन्न गरिएको छ । कार्यक्रमा गुठीचौर गाउँपालिकाको आयोजना तथा यूएसएआइडी जलजंगल परियोजनाको सहजीकरणमा जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुँच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल गरिएको हो । त्यस्तै प्राकतिक स्रोत व्यवस्थापनमाका १५ वटा सवालहरु पहिचान गरि प्राथमिकीरण समेत गरिएको थियो । कार्यक्रममा गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्तीकुमारी मल्ल भण्डारीले आफ्नो पालिका प्राकृतिक रुपले जुम्ला जिल्लाकै धनी पालिका भएको र यसलाई थप संरक्षण गर्दै, यसको उचित सदुयोगको लागि आम जनसमुदाय तथा सो संग सम्बन्धित सरोकारवालाहरुले आवश्यक हातेमालो गरि अगाडी बढ्नु पर्ने बताइन् । साथै सो कार्यक्रमा उपस्थित सब डिविजन वन कार्यलयका ईन्चार्ज हिरालाल नेपालीका अनुसार गाउँपालिका अन्तर्गत २२ सामुदायिक वन रहेको र धेरै जसो सामुदायिक वनमा महिलाहरुले नेतृत्व गरिरहेका छन् ।
कार्यक्रमा यूएसएआइडी जलजंगल परियोजनाको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले प्रस्तुतीरण गरेका थिए । त्यसैगरी कार्यक्रममा जलजंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत शारदा शेर्पाले नेपालमा सहभागिताको लैङ्गिक समानता तथा सामजिक समावेशिताका सवालहरुमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई पहिचान गर्न ३ वटा समुहमा छलफल गरिएको थियो ।

यस्तै वन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलस्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा चर्चापरिर्चा गरिएको थियो । गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष ईन्द्र बुढाले जल, जंगल र प्राकृतिक स्रोत व्व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिए पनि वातावरण संरक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताए । कार्यक्रममा सहभागी मनिसा बुढाले आगामी दिनमा सामुदायिक बनमा जल र जंगल प्राणीहरुको जीवन भएकाले प्राकृतिक स्रोत साधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताइन् । प्राकतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको सवालहरु पहिचान गर्दै समानका लागी कार्य योजना निर्माण गर्दै कार्यक्रमको सम्पन्न गरिएको छ ।
साथै यूएसएआइडी जलजंगल परियोजनाको टोलीले भु तथाजलाधार व्यवस्थापन कार्यलायर डिभिजन वन कार्यलयसंग वन तथा जलाधार संरक्षणमा कर्णाली प्रदेशमा थप के गर्न सकिन्छ, भनि छलफल गर्नुका साथै आगामी दिनमा सहकार्य गर्दै भु तथा जलाधार व्यवस्थापन कार्य गर्ने भनि छलफल भएको परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विनोदकुमार शाहीले जानकारी दिए ।