वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

सुर्खेत: स्थानीयस्तरमा वातावरण अधिकार सम्बन्धी एम दिने कार्यशाला पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, पञ्चपुरी मानव अधिकार समूहको समन्वय र बालअधिकार समुहको सहकार्यमा सोमबार सम्पन्न गरिएको हो ।
वडा नम्बर ७ का वडा अध्यक्ष खिमबहादुर बयकले स्थानीय स्तरमा पनि वातावरण संरक्षण सम्बन्धी ऐनहरु बनाउन आवश्यक रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले स्वच्छ वातावरणमा जीवन जिउन पाउने मानव अधिकार रहेकोले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेे बताए । उनले पालिकामा वातावरण शाखा आवश्यक रहेको बताउँदै खानेपानी तथा स्वच्छता ऐन बनाउने काम अन्तिम चरणमा रहेको जानकारी दिए ।
डिभिजन वन कार्यालय भेरीका कायर्कालय प्रमुख बलमलाल चौधरीले वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्नुपूर्व त्यसको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले वातावरण जोगाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याए ।
त्यस्तै कृषि शाखा प्रमुख दिपेन्द्र न्यौपानेले वातावरण कृषीमा प्रत्यक्ष जोडिएकोले त्यसमा प्रभाव पार्ने विषयमा वहस गर्नुपर्ने बताए ।
यूएनडिपीको सम्बन्ध परियोजनाका कर्मचारी शुसील घिमिरेले वातावरण संरक्षण गर्न आफैबाट सुरु गर्नुपर्ने बताए ।


कार्यक्रमको खुला छलफलमा विद्याज्योति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद सापकोटाले विश्वको वातावरण बिग्रदै गएरहेका बेला यसको संरक्षण गर्न सचेतना जागाउनुपर्ने बताए ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वातावरण अधिकार सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले वातावरण संरक्षण गर्न ऐन कार्यानवयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बालअधिकार समुह, विद्यालयका प्रध्यानाध्यापक, शाखाका प्रमुख, प्रहरी कार्यालयका पनिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रमकी सामाजिक परिचालक ललिता विकले गरेकी थिइन् ।