सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ८ मा रहेको कोशी माविमा नियम विपरीत एसईई परीक्षा निरिक्षक नियुक्त गरिएको पाइएको छ। जारी एसईई परीक्षाका लागि कोशी माविका प्रधानाध्यापक तथा कोशी मावि परीक्षा केन्द्रका केन्द्र अधक्ष्य बालकृष्ण अधिकारीले नियम विपरीत त्यस्ता निरीक्षकहरू नियुक्त गरेको विद्यालय प्रशासनले जनाएको छ।
प्रधानाध्यापक अधिकारीले आफ्नो विद्यालयका मावि, निमावि तथा प्रावि तहमा कार्यरत शिक्षकहरूलाई निरीक्षक नियुक्त गरेका हुन्। तर, मावि तथा निमावि तहबाट निरीक्षक राख्न नपाउने ऐनमा व्यवस्था भएपनि उनले त्यसलाई लत्याएका छन्। त्यसअन्तर्गत माविमा पढाउने कोपिला दाहाल,माविकै निजी शिक्षिका कन्चन मिश्र दाहाल, निमाविकी लक्ष्मी राई, प्रावि तहका मुकेश कुमार देव र प्राविकी हरि बहादुर बस्नेतलाई प्रधानाध्यापक अधिकारीले परीक्षा निरीक्षक नियुक्त गरेका छन्। उनीहरू सबै जना कोशी माविमै पढाउने शिक्षक/शिक्षिकाहरू हुन्।
खुलानजर । १० चैत्र २०८१, सोमबार ०५:४५